मंगलवार १४ असार, २०७९
विश्वभर कोभिड उप नामले तिमीलाई चिन्छ तिम्रो नामकै कारणले मलाई पनि कलम उठाउने समय तिमीले नै मिलाई दिनको छ । कोभिड तिम्रो नाम सुन्दा पनि कति तोउल लाग्नेछ सबैको बोलीमा छाइ सकेको रहेछ । विश्वमा यति चाँडै लोकप्रियता कमाइ सकेछ। कता कता सुने जस्तो लाग्ने तिम्रो नाम आज विश्वमा गून्जिदै छ। तिमी कस्तो छउ, काहा वाटा आयो किन र के को निम्ति आयो ।कतै कसैले ल्याएर अलपत्र पारेर छोडेको त थिएन। आफ्नो गन्तव्यमा फर्किन खोज्दो खोज्दै बाटो भुलेर विश्वको हरेक कुनामा पुनेको त होइन ।
विश्व भ्रमण आफैले चाएर घुम्दै छौ या वाध्यात्मक थियो। तिम्रो विश्व भ्रमणले गर्दा मेरो चाहि घरबाट बाहिर जान सक्ने अवस्था समेत छैन। थाहा छैन तिम्रो आकार कस्तो छ तिम्रो पहुँच काहा सम्म छ । मलाई थाहा छ घाम उदयको छ । वसन्त ऋतुले सिङ्गारिएको होला वातावरण फक्रियो होला लालीगुराँसहरू माला उन्नु थियो । सह अस्तित्वको यात्रा सुरू गर्न पाएको छैन। रम्दा रम्दै छुटेको साथहरू काहा छन थाहा छैन। चौतारीमा कुर्दै होला बर पिपल पाकेको काफल टिप्दैन रम्दैछ होला चराचुरुङ्गी, आकाश छुने हिमालमा पाइला राखेर सहकार्यको यात्रा सुरू गर्नेहरू काहा छनहोला । जप्दै गौरा जहा नाचने गर्थियो देउडा त्यहाँको अवस्था कस्तो होला कर्णालीले सुसाउदै छ छैन त्यो पनि थाहा छैन।
हिमाल बाट फर्केकाहरू नाम्चेको फेदीमा आई पुग्यो कि पुगेन मनमा धेरै प्रश्नहरू उब्जेको छ। सोरठीको ताल विर्सिनेत हैन कतै पहेंलपुर धान खलियान जस्तो हुनेत होइन। माछी न्वाली खादै स्वावलम्वनको नयॉ यात्रा सुरू गरेको दिन हेर्ने मौका मिल्ला नमिल्ला झुक्दै विवाह पञ्चमी मेला हेर्न जान पाउला नपाउला ,मधेसको पवित्र छठ र त्यही जानकी माटोको चन्दन लगाउने मित्रसंग भेट होला नहोला। गाउँदा गाउँदै रोकेको सेलो भाका फेरी गाउन पाउला अर्को बर्ष ल्होछारमा घर जान्छु भने मनहरू ल्होछार मनाउन जान्छन होला त अनेक पश्नहरूको विचार बाट तिम्रो बाटोमा तगारो बन्न चाहना तिम्रो यात्राको विचमा धेरैलाई निर्जीव बनाएन छोडेको छौ भने सुनेको छु ।
आज भोलि म हिडेको वाटोहरूमा कमिलाहरू लाम बद्ध गर्दै एक हुल निस्केको छ होला । उनीहरू बजार हिडेको होलान म जाने बजार थाहा छैन अझै कति समय लाग्ने हो खुल्न, कहिले खुल्छ पतै छैन। सपना जस्तै भए को छ बन्द कोठामा छु तिम्रो आकार रूप रङ्गलाई आकृतिमा कल्पना गर्दै हिजोको दिनलाई सम्झदै छु । क्याम्पस साथीभाई चिया पसल पत्र पत्रिका शैक्षिक राजनीतिक आर्थिक जीवन सैली विश्व समाचार आज जताततै तिम्रै गुनगानले भरेको छ । सञ्चारले हाम्रो जीवनको सबै क्षेत्रलाई प्रभावित तुल्याउँछ यसैले सुन्दै हेर्दै दिनहरू विताउदै छु।
दुई हप्ता विति सकियो हिजो झै आज पनि बन्द कोठाभित्र दिनहरू काटदै छु । थाहा छैन कुन गल्तीको सजाय काटदै छु । न्याय पायो पाउन उसले न्याय मिलेको दिन म पनि रिहा हुन्छ उसले न्याय पाउँदा म पनि निर्दोष साबित हुनेछ। न्यायको आभास लिदै खुला आकाश मुनि खुसी साटदै आनन्दको सास फेर्नु छ न्याय को पछेमा वकालत हुन्छ भन्ने ठुलो आशा लिएर कैद जीवन विताउदै छु।तथ्यहरू जुटाएर पेस गर्दै होला भन्ने आशामा रातहरू काटदै छु । हिजो अन्याय गर्नेहरूलाई सजाय दिनको निमित्त कारागार लगेर कैद बनाउने दिनहरू हराइयो जस्तो छ । आज मलाई थाहा छैन अपराध के गरेको छ मेरो खुसीका सपनाहरू बन्ने ठाउँमा नै कैद बनाएर बन्दक गरेर राखेको छ। यहाँ म मात्र छैन मेरो सिङ्गो परिवार समाज राष्ट्र मात्र नभई सिङ्गो जगत नै कैद छ ।
हामी मानव जीवनमा भौतिक सुविधाको निम्ति गरेको खोज र आविष्कार प्रविधिको अभिशाप त हैन ।
अहिलेको युग सुचना प्रविधिको युग हो । पहिले पहिला परेवा ,काग कुकुरको आवाजको आधारमा सूचना अनुमान गर्ने गरिन्थो त्यस पछि चिठी लेख्ने, समय परिवर्तन सँगै प्रविधिको प्रयोगमा परिवर्तन हुन रोकेन रेडियो टेलिफोन टेलिभिजन, फ्याक्स कम्प्युटरको अभिष्कार हुदै गयो । यति मात्र काहोर अन्तरिक्षमा मानिसको पहुँच पुग्यो । भूउपग्रहबाट सूचना सङ्कलन गर्ने यन्त्रको निर्माण सँगै इन्टरनेटको विस्तार भयो।अहिलेको युगमा कम्प्युटर प्रविधि खास गरेर इन्टरनेटमा पहुँच नहुनेहरू धेरै पछि पर्छ ।मैले आफूलाई कम्प्युटर प्रविधिमा पोख्त बनाएको छु। यस बाट मैले संसार चिन्न सकेको छु ।
इन्टरनेटका अतिरिक्त पुस्तकालयमा नयाँ पुस्तक पढ्ने गर्छु । खेलकुदमा पनि उक्तिकै रूचि राख्छु । मलाई मन पर्ने खेल चेस, फुटबल, भलिबल आदि समय अनुकूल सबै खेलहरू मैदानमा हैन घरको कम्प्युटर र मोबाइलमा नै खेल्छु। इन्टरनेट विस्तार सँगै आज विश्व साँघुरेको छ । इन्टरनेट र त्यस भित्र विभिन्न सामाजिक सञ्जाल छन विश्वभरका मानिसलाई साथी बनाउन भावना आदानप्रदान गर्ने कुनै विचार वा घटना प्रति तत्काल प्रतिक्रिया व्यक्त गर्न विश्व प्रसिद्ध कृति पढ्न सकिनेछ त्यो पनि एकै ठाउँमा बसेर त्यही भए र होला आज प्रकृतिसँग नजिकिन दिएकै छैन। प्रविधिको सदुपयोग गर्न जान्यो भने जीवनका लागि वरदान हो या अभिशाप आजको दिन छुटाउन गारो भएको छ ।
लेखकः नेकपा समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सदस्य हुन ।