शैलुङमा छपक्कै हिउँ


शैलुङमा छपक्कै हिउँ

रामेछाप, माघ ९ । रामेछाप र दोलखाको संगम स्थल शैलुङ क्षेत्रमा हिउँ परेको छ । उक्त क्षेत्रमा विहान करिव २ बजेदेखि निरन्तर हिउँ परिरहेको स्थानीयले बताए । हिउँ परेपछि हाल त्यहाँको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । घरबाट बाहिर निस्किने अवस्था छैन भने स्थानीयहरु चिसोबाट बच्नका लागि घरघरमा दाउरा बालेर आगो तापिरहेका छन् ।

सयौं थुम्का मिली बनेको शैलुङ तथा त्यस आसपासका क्षेत्रहरुमा अहिले बाक्लो हिउँ परिरहेको छ । त्यहाँ अहिले टेलिफोन तथा मोवाइल सेवा समेत अवरुद्ध भएकाले सास्ती व्यहोर्नु परेको स्थानीय कुमार थोकर तामाङले जानकारी दिए । बाक्लो हिँउका कारण अहिले शैलुङसम्मका लागि कुनै पनि सवारी जान सक्ने स्थिती छैन । शैलुङ जानका लागि हिँडेकाहरु दोरम्बा र देउरालीबाट नै पैदल हिड्नु पर्ने बाध्यता बनेको छ । 

अघिल्ला वर्षहरुमा पौष महिनामा नै पर्ने हिउँदा यस वर्ष भने माघमा परेको हो । निरन्तर रुपमा परेको हिउँ करिव दुई देखि तीन फिटसम्म जमेको देख्न सकिन्छ । हिउँ खेल्ने पारखीहरुका लागि भने शैलुङ लगायत त्यस वरपरका क्षेत्रहरु, सानो शैलुङ, कालिञ्चोक, ढुंगे, देउराली, मुढे, खरीढुंगाहरुमा समेत हिउँ परिरहेको देख्न सकिन्छ । 

तस्वीर:  दावा साङ्बु शेर्पा, खोलाखर्क, रामेछाप


1 Comments

  • Image placeholder

    Sita BK

    Jan 04, 2020 at 4:07 AM

    Good morning

Leave a comment