शुक्रबार १८ आश्विन, २०८१ (Friday October 04, 2024)

विश्वामित्र गुफा (राकाथुम, रामेछाप)

बुधबार १ भाद्र, २०७९ Nepalexplores 1175


विश्वामित्र गुफा (राकाथुम, रामेछाप)

  • देवशंकर पौडेल:

पौराणिक नाम रोशमति र सुवर्ण कौशिकी (रोसी र सुनकोशी) को सङ्गमस्थलमा संसारको सवैभन्दा पहिलो शिललिङ्ग छ । जसलाई आदिलिङ्ग भनिन्छ । कुश क्षेत्रमा तपस्या गरेर बस्ने भएर विश्वामित्र ऋषिलाई कुशिक ऋषि भनियो । कुशिक ऋषिले आराधना गरेका कारण त्यस शिवलिङ्गको नाम “कुशेश्वर” भन्न थालियो । कुश क्षेत्र र कुशिकको तपोस्थल विश्वामित्र गुफा भनेको आदिलिङ्ग कुशेश्वर मन्दिरको ठिक पारिपट्टी विकट पहरामा रहेको गहिरो गुफा र त्यस आसपासको कुश क्षेत्र हो । त्यसको नाम नै विश्वामित्र गुफा भन्ने गरिन्छ । विश्वामित्र ऋषि जाडो याममा विश्वामित्र गुफा र गर्मी याममा गुफाको सिधा माथी चपाडीको जङ्गलमा रहेको एउटा विशाल ढुङ्गा मुनी च्यापमा रात विताउँथे । दिनमा कुशेश्वर मन्दिरमा झरेर साधना गर्थे । 

कुशेश्वरमा विश्वाभित्र मात्र होइन, दानवराज महिषासुर ९शुम्भ, निशुम्भ, चण्ड, रक्तविज, धुम्रलोचन० आदिले पनि तपस्या गरे । मातृ गमन जस्तो महापातक दोष लागेका विरुपाक्षले पनि यहि कुशेश्वरमा कठोर तपस्या गरे । अयोध्या नरेश दशरथ पुत्र राम, लक्ष्मण, भरत, शत्रुघ्नहरूले ऋषि विश्वमित्रसंग आएर धनुर्विद्या आर्जन गरे । राजा हरिश्चन्द्रले उनको छोरा रोहितस्वको सट्टा बलिदिन ल्याइएको अजीगर्त नामका गरिव ब्राह्मणका माइला छोरा शुनःशेपलाई कुनै खम्बामा बाँधेका थिए । यहि तपोभूमिमा तपस्या गर्ने ऋषि विश्वामित्रले जीवनदान दिए । त्यस भन्दा पहिले विश्वामित्रको अर्कै नाम थियो । शुनःशेपको जीवनदान पछि उनको नाम बदलियो । विश्वामित्रको अर्थ “सवैसंग प्रेम” हो । उनले शुनःशेपको जीवनदान दिने उपाय निकाले । काम अनुसारको नाम भयो । 

शुनःशेपका पिताजीले छोरालाई बेचेका मात्र थिएनन् । थप सम्पत्तिका लोभले आफ्नै छोरो शुनःशेप काट्न आफैं तयार भएर त्यहाँ गएर खड्ग उद्याउदै थिए । राजाले काट्न भनेर ब्राह्मणपुत्र किनेका थिए, जव शुनःशेपले जीवन दान पाए, तव उनि अलमल परे । जीवन त मिल्यो, अव उनि कहाँ जाने, त्यति बेला ब्राह्मणपुत्रले सभामा “अव म कसको पुत्र भएँ, म कहाँ जाउँ ?” भनेर कठोर प्रश्न तेर्स्याए । सभाले “मार्न किन्ने राजा हरिश्चन्द्र र जन्मदाता भए पनि मार्नका खातिर बेच्ने र मार्न तम्सिने बाबू अजीगर्तस यो बालकका बाबू हुन सक्तैनन्ू भनिदिए । ऋषि विश्वामित्र, जसले बचाए, उनै शुनःशेपका पिताजी हुन्” भनेर निर्णय सुनाए ।


यस्ता किसिमका पुराणहरूमा वर्णित महत्वपूर्ण पौराणिक घटनाहरू विश्वामित्र ऋषिका उपस्थितिमा भएका प्रसङ्गहरू छन् । सायद यी घटनाहरू विश्वामित्र ऋषिको हिउँदे वासस्थान विश्वामित्र गुफा, गर्मी यामको वासस्थान चपाडी आसपासमा भएका हुनसक्छन् । यस्ता कुराको गहिरो अध्ययन हुनुपर्ने देखिन्छ । विश्वामित्रलाई कुशिक पनि भनियो । कुश क्षेत्रबाट बहने नदीलाई कौशिकी भनियो सप्तधारा (इन्द्रावति, सुनकोसी, तामाकोसी, लिखु, दूधकोशी, अरुण र तमोर) नदी जम्मा भएको अवस्थालाई सप्तकोशी भनियो । सवै मिसिएपछि एक मुष्ट कोशी नदि नामाकरण भयो । यसको सुरुवाती स्थान सुनकोशी र रोसीको संगमस्थल दुम्जाबेशी र चपाडी पाखामा रहेको विश्वामित्र गुफा हो । पण्डितहरूका अनुसार पुराण र त्यहाँ उल्लेखित भूगोल मिलेको ठाउँ यहि विश्वामित्र गुफा हो ।


लेखक पौडेल नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज हुन । उनले रामेछापका विभिन्न         भु-भागमा रहेका ऐतिहासिक विषयवस्तुको खोज, अनुशन्धान र विश्लेषण गर्दै आएका छन । 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु