बुधबार २६ बैशाख, २०८१
२६ वैशाख, गण्डकी ।
पहाडी भेगका भिमकाय भिर र पहरामा पराङ, सुथरी, दाबिलो, साज, जाबो, डाली लगायत सामग्री जोरजाम पारेर मह सिकारी अक्करे भिरतिर उकालो लागेका छन्। भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार यो सिजन मह सिकारको लागी उपयुत मानिन्छ।
बागलुङको ताराखोला गाँउपालीका, म्याग्दीको लुलाङ, हिस्तान, चिमखोला, मुदी, गुर्जा, दोसल्ले, शिख लागायतका गाउँमा रहेका भीरहरूमा भीर मौरीले गोला लगाएका छन्। मह शिकारीहरू डोरी (परङ) मा झुण्डिएर तिनै गोलाहरू काढ्छन्। रतनबहादुर घर्तीले आफू ३० वर्षदेखि भिरमौरीको मह काढ्दै आएको बताए। ‘हाम्रा बाउबाजेले सिकाएको मह सिकारको ज्ञान र सीपलाई हामीले अँगालेका छौँ’, उनले भने, ‘ हरेक वर्ष यि ठाँउहरुमा मह सिकार हुँदै आएको छ।’
बर्सेनि गाउँलेहरु यसरी मह सिकारमा रमाउँछन्। पितापूर्खाले छाडेको सीपलाई पछ्याउँदै उनीहरुले मह सिकारको चलन धानिरहेका छन्।
सिकारमा १५ देखि २० जनासम्मको सूमह हुन्छ। टोली नेताले सिकारको नेतृत्व सम्हाल्छन् भने मुख्य सिकारीलाई ‘भिरौटे’ भनिन्छ। जो पराङमा झुण्डिएर मह काढ्न भिर छिचोल्छन्। ज्यानकै बाजी उठाएर मह काढ्छन्।
बाग्लुङको ताराखोला–५ को ठूलो भिर, माडो भिर, म्याग्दीको लुलाङ, हिस्तान, चिमखोला, मुदी, गुर्जा, दोसल्ले, शिखमा धेरै मात्रामा भिरमौरी पाइन्छ।