बिहीबार १८ असार, २०८३ (Thursday July 02, 2026)

कृत्रिम रुपमा पकाइएको फलफूल नखान विज्ञको सुझाव

शुक्रबार ११ जेष्ठ, २०८१ nepalexplores 1594


कृत्रिम रुपमा पकाइएको फलफूल नखान विज्ञको सुझाव

११ जेठ, काठमाडौं । 

पाकेको आँप वा फलफूल पाक्ने मौसम भन्दा पहिले बजार ल्याइएको कृत्रिम रुपमा पकाइएको जानेर नखान विज्ञहरुले सुझाव  दिएका छन्।

ताजा अनि पाकेका फलफूलमा पर्याप्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट, पानीको मात्रा पर्याप्त हुने हुँदा ताजा फलफूलले शरीरलाई हाइड्रेटेड राख्न गर्मीमा शीतलता र तत्काल ऊर्जा प्रदान गर्न मद्दत गर्छ। 

तर गर्मीयाम लागेसँगै पाकेको फलफूल भनेर नेपाली बजारमा आउने सबै फलफूल विषाक्त र कृत्रिम रुपमा पकाइएका फल आउने विषदीको मात्र जाँच नहुने हुँदा फलफूल खाना होसियारी अपनाउनु पर्ने सुझाव छ। 

कृत्रिम रुपमा फलफूल पकाउन मुख्यतया एथिलिन र क्याल्सियम कार्बाइड जस्ता रसायनको प्रयोग भएको पाइन्छ। क्याल्सियम कार्बाइड प्रयोग गरेको फलफूल खाँदा बान्ता हुने, छाती दुख्ने, घाँटीमा घाउ आउने, पेट पोल्ने, तिर्खा लाग्ने, निल्न गाह्रो हुने, आँखा पोल्ने, आँखामा दीर्घकालीन क्षति हुने, अल्सर हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखा पर्न सक्छ। 

प्राकृतिक रुपमा फलफूल पकाउन पराल, सेउला, अन्न, कपडा आदिमा गुम्स्याएर राख्न, एउटा भाँडामा पाकेको र नपाकेको फल सँगै राख्न वा तातो खाल्डोमा गुम्स्याएर राख्न सकिन्छ। प्राकृतिक विधिमा पाक्न समय धेरै लाग्ने भएपनि यस विधि अपनाएर पकाइएको फलफूलले स्वास्थ्यमा कुनै प्रकारको नकारात्मक असर गर्दैन। प्राकृतिक विधि अपनाउनु नै उत्तम भए पनि समय लाग्ने भएकाले कृत्रिम रुपमा पकाइन्छ।

बिरुवा हुर्किने, फल लाग्ने, फल परिपक्व हुने र पाक्ने एउटा विशेष प्राकृतिक प्रक्रिया हो। बोटमै प्राकृतिक रुपमा पाकेको फल खान सबैभन्दा उत्तम भएपनि सबै ठाउँमा सबैखाले फलफूल पर्याप्त मात्रामा उत्पादन नहुँदा कृत्रिम रुपमा पकाईएको फलफूल बजारमा पाईन्छ। तर्सथ
बजारमा पाइने फलफूल जाँचेर बुझेर मात्र सेवन गर्न विज्ञले सुझाव दिएका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु