अलपत्रमा रज्जुमार्ग (भिडियोसहित)


अलपत्रमा रज्जुमार्ग (भिडियोसहित)

काठमाडौं, असार २२ । हेटौडा–काठमाडौं जोड्ने रज्जुमार्ग [ROPE WAY]  अहिले अलपत्र छ । सडक यातायातमा ८६ किलो मिटर रहेको उक्त दूरि रज्जुमार्गले ४२ किलोमिटरमा पूरा ग¥थ्र्यो । 

अमेरिकी अन्तर्राष्ट्रय विकास सहयोग नियोग (USAID) को सहयोगमा वि.सं. २०२१ मा निर्माण भएको थियो । २२० टनसम्म भार क्षमता भएका यसले दैनिक १० घण्टासम्म काम गथ्र्याे । रज्जुमार्गको संचालनले तत्कालिन अवस्थामा सर्वसाधारणलाई निकै टेवा पुगेको थियो । लगायतार ३० वर्षसम्म जनताले यसबाट लाभ उठाउन पाए । तर उचित मर्मत सम्भार र सरकारको ध्यान त्यतातिर नपुग्नाले वि.सं. २०५१ सालमा यो बन्द हुन पुग्यो । त्यसपछि राष्ट्रिय सम्पत्ति रज्जुमार्ग अलपत्र परेको पनि २५ वर्ष बढी भइसक्यो । 

अहिलेको परिस्थित र अलपत्रमा परेको रज्जुमार्गलाई ध्यान दिने हो भने पनि यसको पुनःसंचालन जरुरी छ । संघीय, प्रदेश र स्थानीय सरकारहरू मिलेर अलपत्रमा परेको रज्जुमार्गको थप अध्ययन गरी पुनः संचालनका लागि पहल गर्न जरुरी छ । हाल उच्च प्रविधिको विकास भईसकेको अवस्थामा यसको पुनःसंचालनले निकै फाइदा पुग्नेछ । जङ्गल फडानी गर्नुपरेन, मुआब्जा वितरण गर्नु परेन, जल, वायु, ध्वनीअदि कुनै प्रदुषण हुँदैन वहुआयामिक बनाउन सके मुलुकको समृद्धिमा झन् सहायक हुनसक्नेछ । त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहदेखी चोभार सुख्खा बन्दरगाह ब्यवस्थित भईसकेको अवस्थामा रज्जुमार्गलाई पनि व्यवस्थित गर्न सके अहिलेको सबैभन्दा समस्या ट्राफिक जामलाई व्यवस्थित हुनसक्ने सम्भवना देखिन्छ । 

स्वीरः खिलबहादुर श्रेष्ठ, nepalexplores

भिडियोमा


 


Leave a comment