मंगलवार १२ कार्तिक, २०८२
देवशंकर पाैडेल
कुनै पनि गाउँ गाउँका बारेमा गहिरिएर बुझ्नु छ, भने राजनीतिक कार्यक्रमको समय भन्दा बेग्लै समय मिलाएर घुम्न निस्किने गर्छु। म कतिपय भूगोलको जानकारी राख्न पनि त्यसै गर्ने गर्थेँ। त्यसका निम्ति साथीहरू पनि त्यस्तै मन भएका मिल्नु पर्छ।
कहिँ जानु छ भने, म त्यस्तै साथी खोजेर हिँड्थेँ। हामी राकाथुमका बारेमा कम जानकार थियौँ। त्यसो हुँदा राकाथुमका बारेमा जानकारी लिन चौपट्टै इच्छा थियो। वि.सं.२०७४ माघ १५ गते विन्देश्वर श्रेष्ठ, तीर्थराज श्रेष्ठ आदि (राकाथुम) र श्रीहरि श्रेष्ठ (गोठगाउँ) का साथ घुम्न जाने सल्लाह मिल्यो।
सुलभ यातायातका कारण अचेल राकाथुम पुग्न समय र दुरीका हिसावले अत्यन्तै सजिलो छ। हामी काठमाडौँ बाट बेलैमा राकाथुम पुग्यौँ। सर्वप्रथम राकाथुमको माथिल्लो खण्डमा रहेको टोपलडाँडा भन्ने ठाउँमा पुग्यौँ। त्यहाँ एउटा विचित्रको चट्टान रहेछ। स्थानीयहरूले ‘किरातेश्वर महादेव’ मानेर पूजा गर्ने गर्दा रहेछन्। अहिले त त्यसलाई घेरेर मन्दिर नै बनाइएको रहेछ। त्यहाँ किरातीको बसोबास छैन। किरातेश्वर कसरी स्थापना गरियो रु अनुमान लगाउन सकिन्छ, नेपालको सभ्यताको खोजीगर्दै जाँदा पत्ता लाग्ला, अहिलेलाई अनुमान गरौँ, यहाँ कुनै युगमा किरातीहरूको बसोवास हुँदोहो!
त्यस दिन हामी पुरातात्त्विक महत्त्वको भिमसेनस्थानको पनि दर्शन गर्यौँ। पछिल्लो चरणमा राजनीति बहुलाएकाबेला गोठपानीका किसानका घरका काटिएका थाम हेर्यौँ। तेलपेल्ने परम्परागत चेपुवाजस्ता पाषाण युगिन घरेलु सामान घरघरमा देखिए, ती चिजहरू पनि हेर्यौँ। गोठपानी नेवारहरूको पुरानो ग्रामीण बस्ती रहेछ। उहाँहरूको संस्कार, संस्कृति हेर्दास ठोसे, साँघुटार, चिसापानी, भङ्गेरी, पकरबास, अर्को गोठपानी, भिरपानी आदि ठाउँका नेवार बसोबास क्षेत्रले संरक्षण गरेको संस्कृतिको सम्झना आयो। उहाँहरूले आफ्नो संस्कारको संरक्षण गरेको देख्दा, नेवार संस्कृति नहुँने हो भने संस्कृतिको क्षेत्रमा नेपालको मौलिकता झल्किने चिज के हुँदोहो! भन्ने महसुस भएको थियो।
त्यस दिनको यात्रामा हाम्रो कुनै राजनीतिक उद्देश्य थिएन। अनुभवका खानी बुढापाकालाई भेट्दै राकाथुममा के छ रु भन्दै कान्ला कान्ला हिँडेका थियौँ। मेरो साथी शरणकाजी मगरले भन्नु भयो (“मेरो घर नजिकै पाखामा पुर्खाले तामाखानी उत्खनन् गरेको गहिरा सुरुङका अवशेष छन्।” शरणकाजीजीको अगुवाईमा हामी त्यता पनि गयौँ। सुरुङको मुख गाउँ नजिकको पाखामा थियो। यो तामाखानी कुनबेला प्रयोग भएको हो! कसैलाई थाहा रहेनछ। अचेल मरेका सर्प, मरेका बाख्रा पाठा, फुटेका बोतलजन्य सिसाका टुक्राआदि फाल्ने गरेर टेकी नसक्नु फोहर भएको रहेछ।
दुम्सी, चितुवा बस्ला भनेर सुरुङको मुख ढुङ्गामाटोले थुनिएको पनि रहेछ। त्यहाँबाट प्रवेश गर्ने सम्भावना नै थिएन। अचम्म त के भने पूर्खाले तामा निकाल्दै निकाल्दै जाँदा, त्यहाँबाट प्रवेश गरेको सुरुङ मझुवा गाउँको निगालपानी आसपास निस्किएको छ, भन्ने भनाई सुनियो।
यो कुरा सुनेपछि श्रीहरि श्रेष्ठजी ९रामेछाप नपा, गोठगाउँ र म निकै उत्साहित भयौँ। यो तामाखानीका बारेमा थप जानकारी कसबाट हुन्छ रु भनेर शरणकाजी मगरजीसँग सोध्यौँ। उहाँले भन्नु भयो( “यस गाउँमा सवैभन्दा बृद्ध मेरै आमा हुनुहुन्छ। उहाँलाई जानकारी हुनसक्छ।” हामी उहाँका घर गएर आमालाई भेट्यौँ। आमाले भन्नु भयो (“यो खानीबाट निकालिएको तामा यहाँका कामीले गाल्थे, थप उनीहरूलाई जानकारी हुँदो हो।” हामीले कामीको घर सोध्यौँ।
आमाले घरभन्दा केहि माथितिर देखाउँदै भन्नु भयो (“ऊ त्यो बाँसझाङका छेउमा कामीको घर थियो। २००७ सालको क्रान्तिका बेला क्रान्तिकारीहरू, यो बाटो आउँदा भोका र थाकेका रहेछन्। दिउँसोको खानासँग मासु खान खोजेछन्। हाकिमले उनीहरूका सिपाहीलाई “राँगो, सुँगुर, खसीआदि गाउँमा जे पाउँछौ ल्याओ!” भन्ने आदेश भएछ। विभिन्न सिपाही विभिन्न तिर छरिए। एउटा सिपाही कामीका घरमा पुगेछन्। खोरमा मोटो सुँगुर रहेछ।
त्यो सुँगुर सिपाहीले मागेछन्। घरकी मालिकनीले मेरो पेवा सुँगुर भनेर दिन मानिन छन्। सिपाहीले ठाने एक गोलीले सुँगुर मार्छु। मरेपछि उनीहरू एक्लैले खान सक्दैनन्। हामीलाई पनि हुन्छ, उनीहरूलाई पनि हुन्छ, भन्ने ठानेर सुँगुरतिर बन्दुक सोझ्याएका मात्र के थिए! नजिकै उभिइरहेकी कमिनीले ‘मेरो पेवा सुँगुर’ भनेर हतारहतार आफ्नो सुँगुरलाई अँगालो हाल्न पुगिछन्। त्यति नै बेला बन्दुकबाट गोली निस्कियी गयो, एउटै गोलीले मान्छे र सुँगुर दुवै मरे। अहिले छैनन्।”
आमाले कुरा थप्दै पुनः भन्नु भयो(“त्यसपछि तल्ला गरामा सुँगुर माथिल्ला गरामा कमिनी त्यहिँ गाडिएको छ।” त्यसबेला कमिनी मारिएपछि गाउँमा होहल्ला भयो। साइसाई र सुइसुई, हाईहाई र हुईहुई हुनथाल्यो। त्यसपछि काँग्रेसहरू राकाथुममा खाना नखाई भोकभोकै दुम्जातिर गए। यस्तो दुःखद् घटनापछि कामी परिवार यहाँबाट कताहिँडे हिँडे, बसाइँ हिँडे! तामाखानी बारेको हाम्रो जिज्ञाशाको यसरी दुःखद् कथा सुनेर अन्त्य भयो।
यो कुराले जिल्लाको राजनीतिक जानकारीबाट आफू अनभिज्ञ भएको महसुस भयो। समयको हिसावले यति नजिकै ९२००७ साल० को घटना। राजनीतिका हिसावले निकै ठूलो घटना रहेछ। हामीजस्ता राजनीति कर्मिलाई यति पनि थाहा नहुनु, आफ्नो भूगोलको व्यवहारिक राजनीतिक ज्ञानमा कमि भएको महसुस भयो। ती मारिने महिलाको नाम के हो रु उनका परिवार राकाथुमबाट कहाँ बसाइँ सरे रु राजनीति कर्मी हुनुका नाताले म र मजस्ताले यो पत्ता लगाउनु पनि कर्तव्य थियो ।यहाँनेर हाम्रो कमजोरी अझै पनि छ।
त्यसदिन आमाको भनाईलाई विश्लेषण गर्दै हामीले यो पनि ठान्यौँ। वास्तबमा घटनाक्रम हेर्दा त्यस टोलीका कमाण्डरको इच्छा र आदेश मानिस मार्ने खालको देखिँदैन। भैदियो नसोचेको घटना। बन्दुक बोकेपछि इच्छा नहुँदा नहुँदै पनि यस्तो फजितीमा फसिँदो रहेछ। सायद यस्तै यस्तै कारणले हुनसक्छ, नेपालमा बेलाबेलामा राजनीतिक शक्तिहरूले झ्वाँक चलेका बेलामा बन्दुक उठाउछन्। हतियारले सिकार खोजेको खोजेकै गरेर दिक्क पार्दो रहेछ। सिकार कता देखाउनु १ राजनीतिका कमाण्डरहरूका झ्वाँक शान्त नहुँदै वाध्य भएर माझ यात्रामा नै बन्दुक विसाई दिँदारहेछन्। भइरहेको छ, यस्तै सदाझैँ त्यस दिन पनि हामी राजनीतिक यात्रामा हिँडेका हुँदाहौँ त यस किसिमको राजनीतिक घटना सुन्न पाउने थिएनौँ।
हाम्रो यात्रा अराजनीतिक भएरै त्यस यात्राले महत्त्वपूर्ण अनि शिक्षाप्रद राजनीतिक घटना थाहा पाउने अवसर प्राप्त भएको थियो। विश्वामीत्र गुफाको पौराणिक महत्त्वदेखि हलोजुवाका प्राकृतिक अवशेष, राकाथुममा भएका अनेकौँ किंवदन्ती जस्ता विशेषताका बारेमा अझै गहिरिनु आवश्यक छ।