मंगलवार १२ श्रावण, २०८३ (Tuesday July 28, 2026)

कालीगण्डकी बेसीनमा बढ्यो चिरकालिजको संख्या

मंगलवार १९ कार्तिक, २०८२ nepalexplores 1719


कालीगण्डकी बेसीनमा बढ्यो चिरकालिजको संख्या

१८ कात्तिक, काठमाडौं । 

कालीगण्डकीको बेसीनमा चिरकालिजको संख्या बढेको छ।

नेपाल पन्छीविद् संघको अनुसार १६ वर्ष अघिको तुलनामा यस वर्ष चिरकालिजको संख्या बढेको जनाएको हो।

कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको जनाएको छ। 

पन्छीविद् संघले हालै मुुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन गरेको थियो।

मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदन तयार पारेको टोली चिरकालिजको अवस्था अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्षमा आएको छ। 

सन् २००९ मा छ जोडी चिरकालिज रहेको उक्त सात ठाउँमा यसपालि १८ जोडी चिर कालीज भेटिएको अध्ययन टोलीमा सहभागी अनुसन्धानकर्ता विराट रजकले जानकारी दिएका छन्।

१६ वर्ष पछि यस पालि भएको अध्ययनका क्रममा कालीगण्डकीको माथिल्लो क्षेत्रमा चिरकालिजको सङ्ख्या बढेको पाइएको जनाएको छ।

समुदायमा संरक्षण शिक्षा, चेतनाको विकास, चोरी सिकारी नियन्त्रण, बासस्थान वरपर मानवीय र घरपालुवा जनावरको गतिविधि बढ्दा चिरकालिजको सङ्ख्या वृद्धिमा सहयोग पुगेको अनुसन्धानकर्ता रजकले बताएका छन्।

नेपालको समुद्री सतह बाट १ हजार ४ सय मिटरदेखि ३ हजार ६ सय मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ।

चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइन्छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु