बिहीबार २० कार्तिक, २०८३ (Thursday November 05, 2026)

आज देखि नेपाल राष्ट्र बैंकले सुन–चाँदीको सिक्का बेच्दै 

बिहीबार २० कार्तिक, २०८३ nepalexplores 1004


आज देखि नेपाल राष्ट्र बैंकले सुन–चाँदीको सिक्का बेच्दै 

१९ कात्तिक, काठमाडौं।

आज देखि नेपाल नेपाल राष्ट्र बैंकले सुन–चाँदीको सिक्का बेच्दै छ।

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी सुन र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको हो।

आज बिहान् ११ बजे देखि दिउँसो ३ बजेसम्म बबरमहलस्थित टक्सार महाशाखा बाट सुन–चाँदीका सिक्का खरिद–बिक्री हुने जनाएको छ।

आज र भोलि दुई दिनसम्म सुन–चाँदीको सिक्का खरिद–बिक्रीको काम हुँने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले बताएका छन्।

तिहारमा सुन–चाँदीका सिक्का वा धातु खरिद गर्दा शुभ हुने धार्मिक विश्वासका साथ मानिसहरुले यस्ता सिक्का खरिद गरी लक्ष्मीको रुपमा पूजा गर्ने भएकाले राष्ट्र बैंकले विशेष रुपमा बिक्री खुला गर्दै आएको छ।

गत वर्ष राष्ट्र बैंकले सुन अभाव भएको भन्दै चाँदीका सिक्का मात्रै बिक्री गरेको थियो । यस वर्ष भने वाणिज्य बैंक बाट सुन खरिद गरी असर्फी पनि बिक्री गर्न लागेको जनाएको हो।

राष्ट्र बैंकका कार्यकारी निर्देशक दाहालको अनुसार यसपालि वाणिज्य बैंकहरू बाट ३५ किलो सुन खरिद गरेर त्यसैको असफर्फी बनाई सर्बसाधारणलाई बिक्री गर्न लागिएको बताएका छन्।

एक व्यत्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका ३ वटासम्म चाँदीका सिक्का खरिद गर्न सक्ने दाहालले बताएका छन्।

असर्फी र मेडालियनको मूल्य सुन–चाँदीको सोही दिनको मूल्यका आधारमा तय हुने र सिक्का उत्पादनमा लागेको खर्चसमेत जोडिने भएकाले सुन–चाँदीका सिक्का खरिद गर्दा सुन–चाँदीको प्रचलित बजार मूल्यभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु