मंगलवार २ मंसिर, २०८३
१ मङ्सिर, काठमाडौं ।
रसुवाको डिल्पु कुण्ड पर्यटकको पर्खाइमा रहेको छ ।
हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी डिल्पु कुण्डले पर्यटक पर्खि रहेको छ ।
प्रचारप्रसारको कमि हुँदा रसुवाको नयाँ पर्यटकी गन्तव्य बन्ने सम्भावना रहेको कुण्ड ओझेलमा परेको हो ।
गोसाईंकुण्ड र पार्वतीकुण्ड जस्ता गन्तव्य स्वदेश तथा विदेशमा परिचित रहे पनि कतिपय आकर्षक स्थल अझै प्रचारप्रसारको पर्खाइमा स्थानीले बताएका छन् ।
समुद्री सतहबाट करिब चार हजार ५५० मिटरको उचाइमा अवस्थित डिल्पु कुण्ड जिल्लाको आमाछोदिङ्मो गाउँपालिका अन्तर्गत साञ्जेन हिमालको काखमा अवस्थित रहेको छ ।
स्थानीयस्तरमा यसलाई पाल्दोर कुण्डका नामले चिनिन्छ । भने हिमाल बाट निरन्तर भरिने यस कुण्डको पानी स्वच्छ, पारदर्शी र अत्यन्त चिसो रहेको बताएका छन् ।
कुण्डको वरिपरि फैलिएका अल्पाइन घाँसेमैदान, चट्टानी भूभाग र हिमाली वनस्पतिले प्राकृतिक छटालाई थप मनमोहक बनाउने गरेको छ ।
विशेषगरी गर्मी समयमा फुल्ने दुर्लभ हिमाली फूलले प्रकृतिप्रेमीलाई आकर्षित गर्नुका साथै मौसम सफा भएको समयमा कुण्ड परिसर बाट वरिपरिका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने स्थानीले बताएका छन् ।
डिल्पु कुण्ड पुग्न काठमाडौँ बाट सडक मार्ग हुँदै रसुवाको सदरमुकाम धुन्चे र त्यहाँबाट चिलिमेसम्म र चिलिमे बाट स्थानीय पदमार्ग पछ्याउँदै साञ्जेन क्षेत्र र त्यहाँबाट पैदल यात्रा गरी कुण्डसम्म पुग्न सकिन्छ ।
हिमाली क्षेत्र भएकाले मौसम र बाटोको अवस्था बुझेर स्थानीय पथप्रदर्शकको सहयोगमा यात्रा गर्नु उपयुक्त मानिने स्थानीयले बताएका छन् ।
डिल्पु कुण्ड क्षेत्रको भ्रमणका लागि वैशाख, जेठ र असोज–कात्तिक महिना सबैभन्दा अनुकूल मानिन्छ ।
रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले डिल्पु कुण्डजस्ता ओझेलमा परेका गन्तव्यको प्रवद्र्धन गर्न सके जिल्लाको पर्यटनमा नयाँ आयाम थपिने बताएका छन् ।