आईतवार ३० कार्तिक, २०८३
२९ कात्तिक, काठमाडौं ।
भोजपुरका किसानले बाँदरबाट जोगाउनका लागि अदुवाखेती गर्न थालेका छन् ।
परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि भोजपुरमा बाँदरको समस्याका कारण किसान अदुवाखेतीतर्फ आकर्षित बन्न थालेका हुन् ।
भोजपुर नगरपालिका–६ की किसान गीता खड्काको अनुसार बाँदरले मकै, कोदो लगायतका बालीमा क्षति पुर्याउने समस्या बढ्दै गएपछि अदुवाखेती लाई किसानले वैकल्पिक आय आर्जनको माध्यम बनाउन थालेको बताएको छन् ।
जमिनमुनि गाँना हुने भएकाले अदुवा बाँदर बाट सुरक्षित बाली रहेका र किसानले व्यावसायिक रूपमा खेती गर्नसके अदुवा बाट परम्परागत खाद्यबाली भन्दा राम्रो आम्दानी लिन सकिने उनले बताएको छन् ।
बाँदर बाट खाद्यबाली जोगाउन कठिन हुने अवस्थामा अदुवाखेती तुलनात्मक रूपमा सहज हुने भएकाले आफू यस तर्फ आकर्षित भएको र किसानका लागि अदुवाखेती विकल्प बनेको बताएकी छन् ।
अर्की किसान सावित्रा पोखरेलले करिब डेढ रोपनी क्षेत्रफलमा अदुवाखेती गरिरहेकी र अदुवाखेतीको क्षेत्र अझ विस्तार गर्ने लक्ष्य रहेको बताएको छन् ।
अदुवा स्थानीय बजारमा प्रतिकिलो १०० देखि १२० रुपैयाँसम्ममा बिक्री हुने गरेको पोखरेलले बताएकी छन् । भने अदुवालाई सुकाएर धुलो बनाई बिक्री गर्न सकिने भएकाले बजार व्यवस्थापनमा पनि खासै समस्या नरहेको पोखरेको भनाइ छ ।
ग्रामीण क्षेत्रमा बाँदरको बढ्दो समस्या कृषि उत्पादनका लागि चुनौती बन्दै गए पछि स्थानीयस्तरमा अदुवा खेती हुन थालेको बताएका छन् ।
स्थानीयस्तरमा अदुवाको बजार मूल्य राम्रो रहेकाले व्यावसायिक खेती विस्तार गर्न सके किसानको आयआर्जन बढाउन सकिने कृषि क्षेत्रका जानकारहरूले बताएका छन् ।