बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

दूधमा आत्मनिर्भर बन्दै गण्डकी प्रदेस,   किसानलाई महँगीको चिन्ता

आईतवार १५ श्रावण, २०७९ Nepalexplores 1479


दूधमा आत्मनिर्भर बन्दै गण्डकी प्रदेस,   किसानलाई महँगीको चिन्ता

काठमाडौं ।  कृषिप्रति आकर्षण घटिरहेको  बेला गण्डकी प्रदेश भने दूधमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको छ । पछिल्ला वर्षमा व्यावसायिक गाई तथा भैँसीपालन क्रमशः बढ्दै गएसँगै प्रदेशमा प्रतिदिन ६५ हजार लिटर दूध उत्पादन हुने गरेको छ । 

माग अनुसार दूध आत्मनिर्भरताको अवस्थामा पुगेको नेपाल डेरी एशोसिएशन गण्डकी प्रदेशका अध्यक्ष शिवहरि आचार्यले जानकारी दिए । “यहाँको मागको ९० प्रतिशत दूध गण्डकीमा उत्पादन हुने गरेको छ”, उनले भने, “पछिल्ला वर्षमा गाईपालनतर्फ सर्वसाधारण आकर्षित बन्दै गएका कारण हामी आत्मनिर्भर बन्दै गएका हौँ ।” 


आचार्यका अनुसार गण्डकी प्रदेशमा स्थानीय उत्पादनका अतिरिक्त चितवन, नवलपरासी, कपिलवस्तु र रुपन्देहीबाट दूध आउने गरेको छ । गण्डकीको नवलपुरबाट अन्य प्रदेशमा दूध निर्यात हुने गरेको छ । प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्ला सदरमुकाममा दूधको खपत बढी हुन्छ । आचार्यले गण्डकीभित्र ठूला चार, मझौला आठ, साना २० र घरेलु १०० डेरी रहेको जानकारी दिए ।

दूधको सेवन गर्ने क्रम पछिल्ला वर्षमा बढ्दै गएकाले दिनानुदिन माग बढ्दो क्रममा रहेको व्यवसायी बताउँछन् । कोरोना कहरयता बढ्दो महँगी भने गम्भीर समस्याका रुपमा देखापरेको पोखरा महानगरपालिका–३३ भरतपोखरी बाघमाराका अगुवा किसान ठाकुर आचार्य बताउँछन् ।

वि।सं २०६६ पछि व्यावसायिक गाईपालनमा लाग्नुभएका आचार्यले अहिले दैनिक ५० लिटर दूध उत्पादन गर्दै आएका छन् । उत्पादित दूधको बजारमा समस्या नभए पनि बढ्दो महँगीका कारण उत्पादनको लागत बढ्न गएको उहाँको भनाइ छ । आचार्यका अनुसार कोरोना कहर अघिसम्म रु आठ÷नौ सयमा पाइने चोक्कर अहिले रु. दुई हजार २०० पर्ने गरेको छ । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु