मंगलवार १८ कार्तिक, २०८३ (Tuesday November 03, 2026)

मुस्ताङमा दुई लाख बढी पर्यटकले गरे भ्रमण

मंगलवार १८ कार्तिक, २०८३ nepalexplores 1010


मुस्ताङमा दुई लाख बढी पर्यटकले गरे भ्रमण

१७  कात्तिक, काठमाडौं ।

दुई लाख बढी विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।

सन् २०२६ को दश महिनामा २ लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोमको अनुसार जनवरी देखि अक्टोबर सम्म सार्क राष्ट्रतर्फ २ लाख ६२ हजार १२ जना र अन्य राष्ट्रतर्फ २८ हजार २७५ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेको उल्लेख गरेको छ ।

सन् २०२५ को जनवरी देखि डिसेम्बर सम्ममा १ लाख ६१ हजार १४१ जना सार्क तथा अन्य राष्ट्रका विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेकामा सन् २०२६ को दश महिनामा ७७.६२ प्रतिशतले पर्यटकको सङ्ख्या वृद्धि भएको उल्लेख गरेको छन् ।

एक्याप कार्यालयका प्रमुख राजेश गुप्तका अनुसार सन् २०२५ को तुलनामा सन् २०२६ को दुई महिना बाँकी रहँदा १ लाख २३ हजार ४७५ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको जानकारी दिएका छन् ।

एक्याप जोमसोमको पर्यटक तथ्याङ्क अनुसार सन् २०२६ को दश महिनाकाे अवधिमा गत वर्षको भन्दा सार्क राष्ट्रतर्फ ९७ प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको जनाएकाे छ ।

गुप्तका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको २ महिना बाँकी रहँदा सार्क राष्ट्रतर्फ १ लाख २९ हजार १४६ जना विदेशी पर्यटक वृद्धि भएको उल्लेख गरेकाे छ ।

सन् २०२६ को २ महिना बाँकी रहँदा ४ हजार ६७१ जना विदेशी विदेशी पर्र्यटक कम भित्रिएका हुन् । जुन अघिल्लो वर्षको भन्दा (१६.५) प्रतिशत कम पर्यटक भित्रिएको उल्लेख गरेको छ ।

यद्यपि मुस्ताङमा सन् २०२५ को तुलनामा सन् २०२६ मा पर्यटकको सङ्ख्यामा अपेक्षाकृत वृद्धि भएको पाइएको हो । 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु