बिहीबार ४ मंसिर, २०८३ (Thursday November 19, 2026)

सेयर बजार नेप्से परिसूचक २६२८ अंक कायम

बिहीबार ४ मंसिर, २०८३ nepalexplores 1133


सेयर बजार नेप्से परिसूचक २६२८ अंक कायम

३ मंसिर, काठमाडौं । 

आज सेयर बजार नेप्से परिसूचक २६२८ अंक कायम भएको छ ।

३ अर्ब ८७ करोडको सेयर कारोबार भएको छ ।

बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै ६.०० प्रतिशत, बोटलर्स नेपाल तराईको ५.६३ प्रतिशत, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.८१ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ४.४६ प्रतिशत र बेस्ट फाइनान्सको ३.४४ प्रतिशत मूल्य बढ्यो ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.२९ प्रतिशत, बैंकिङ ०.५४ प्रतिशत, फाइनान्स ०.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६७ प्रतिशत र व्यापार ०.२३ प्रतिशत बढ्यो ।

विकास बैंक ०.०४ प्रतिशत, जलविद्युत् ०.०५ प्रतिशत, लगानी ०.३८ प्रतिशत, जीवन बीमा ०.२२ प्रतिशत, माइक्रोफाइनान्स ०.१५ प्रतिशत, निर्जीवन बीमा ०.३० प्रतिशत र अन्य ०.५३ प्रतिशत घट्यो ।

त्यस्तै एभरेस्ट कलरको ५.४५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५.४३ प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको ४.३२ प्रतिशत, नेपाल वेयरहाउजिङ कम्पनीको ३.६३ प्रतिशत तथा बेनी हाइड्रोपावरको ३.५५ प्रतिशत मूल्य घट्यो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु