बुधबार २० कार्तिक, २०८२ (Wednesday November 05, 2025)

साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार 

शुक्रबार १० असार, २०७९ Nepalexplores 1310


साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार 

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

दुई घण्टाको लागि खुलेको बजार शुरुमा  ४० अंकले घटे पनि दोश्रो घण्टामा नाटकीय सुधार भएर बन्द भएको छ ।

शुक्रवार १३।७८ अङ्कले बढेर नेप्से १८६२।०६  विन्दुमा पुगेको छ । २२३ कम्पनीको ३५ लाख ४१ हजार कित्ता शेयर २२ हजार ८७४ पटक कारोबार हुँदा कुल कारोबार रकम भने १ अर्ब १५ करोड १२ लाख भएको छ ।

कारोबारमा आएका १३ उपसमुहमध्ये म्युचअल फन्ड बाहेक सबै उपसमूहमा हरियाली छ ।

ङ्यादी हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउने कम्पनीमा आँधिखोला लघुवित्त रह्यो । यो कम्पनीको शेयरमूल्य ७।८८ प्रतिशतले घटेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु