बुधबार १० मंसिर, २०८३ (Wednesday November 25, 2026)

पहिलो पटक रामेछाप ‘सम्पदा पदमार्ग’

बुधबार १० मंसिर, २०८३ nepalexplores 1004


पहिलो पटक रामेछाप ‘सम्पदा पदमार्ग’

९ मंसिर, काठमाडौं ।

पहिलो पटक रामेछाप जिल्लाको रामेछाप नागरपालिकामा रामेछाप सपम्पदा पदमार्ग सम्पन्न भएको छ ।

रामेछाप नगरपालिकाको आयोजनामा सूर्यचका फाउन्डेसन र रामेछाप बजार उद्योग बाणिज्य संघ रामेछापको समन्वयमा यहीँ मंसिर ५ र ६ गते दुई दिन सम्म पदमार्ग भएको हो ।

रामेछाप नगरपालिका भित्र रहेका धार्मिक, संस्कृतिक, ऐतिहासिक, मौलिक पुरातात्विक तथा पर्यटकीय सम्भावना रहेका क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्देश्यका साथ रामेछाप ‘सम्पदा पदमार्ग’ आयोजना गरिएको थियो ।

पदमार्गका लागी रामेछाप जिल्लाका सरोकारवालाहरु, काभ्रे, सिन्धुली भक्तपुर, लालितपु्र, काठमाडौं, धरान, धनकुटा लगायत विभिन्न जिल्ला बाट सहभागी भएका थिए ।

आन्तरिक तथा वाह्य पर्यटकहरुको आर्षण बढाउने उद्देश्यले आयोजना गरिएको उक्त पद मार्ग रामेछाप जिल्लामै पहिलो पटक भएको छ ।
सूर्य चका फाउन्डेसनका अध्यक्ष अनिल लेकालीका अनुसार रामेछाप नगरपालिकालाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउन र रामेछाप नगरलाई पर्यटकीय गन्तव्यको पहिलो स्थान बनाउन पद मार्ग आयोजना गरिएको बताउनु भएको छ ।

पद मार्गको क्रममा लामसाङडाँडा, जुनार बगैँचा ओख्रेनी, गणेशटार गणेश मन्दिर, टाँसी छेरिङ गुम्बा, भालुखोप बजार, भ्यू टावर, थानीडाँडा, मिठे भञ्ज्याङ, ताराखसे पोखरी, पशुपतिनाथ मन्दिर, सैनिक स्मृति पार्क सिलखान भञ्ज्याङ, ऐतिहासिक पुरानो सदरमुकाम रामेछाप बजार, श्री कालिका निशान भगवती मन्दिर, निमाधावा बौद्ध गुम्बा, अमोघसिद्धि बुद्ध मूर्ति मानेडाँडा, झगडे चउर, भिमसेनथान ल्याङल्याङ, डुकुरसिङ डाँडा, पाटिडाँडा,तिल्केथान गढी, केवलेश्वर मन्दिर, शहिद गंगालाल तथा नेता पुष्पलाल जन्मस्थान भङ्गेरी, ब्रम्हकुमारी राजयोग सेवा केन्द्र, श्रीकृष्ण मन्दिर, श्री तुलेश्वर महादेव मन्दिर धारापानी लगायतका क्षेत्रको अवोलोकन गरिएको थियो ।

विभिन्न क्षेत्र बाट रामेछाप ‘सम्पदा पदमार्ग’ मा सहभागी भएकाहरुको मनोरन्जनका लागी  स्थानीय झाकी, पन्चेबाजा, प्राकृतिक नृत्यहरु प्रर्दश्न गर्नुका साथै स्थानीय खानाको स्वाद, जुनार लगायत फलफूलको बारेमा समेत जानकारी गराईएको थियो ।

यस ‘सम्पदा पदमार्ग’ले रामेछाप नगर भित्र रहेको सम्पदाहरुको प्रचार–प्रसार हुनुको साथै वाह्य तथा आन्तरिक पर्यटक प्रर्वदनमा महत्वपूर्ण भूमिका खेलेको छ । 


    




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु