शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

इलाममा चियाको पहिलो टिपाइ सुरु

शुक्रबार १४ चैत्र, २०८१ nepalexplores 1463


इलाममा चियाको पहिलो टिपाइ सुरु

१५ चैत, काठमाडौं ।

इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ। गत कात्तिकदेखि बन्द भएको चिया टिपाइ चैत लागेपछि सुरु भएको हो।

जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु भएको छैन। चियाको पहिलो टिपाइलाइ ‘फस्ट प्लग’ग भन्ने गरिने किसान दीपक खतिवडाले बताएका छन्।

चैत याममा चियामा पानीको मात्रा कम हुने भएकाले यसलाई राम्रो चियाका रुपमा लिने गरिन्छ। पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुने गरेको जनाएका छन्।

चैत देखि जिल्लाका तल्लो क्षेत्र माई नगरपालिकाको दानाबारी, रोङ गाउँपालिकाको विभिन्न क्षेत्रमा चियाको टिपाइ सुरुहुने बताएका छन्। सन्दकपुर गाउँपालिकाको सुलुबुङ, माइजोगमाई गाँउ माथिल्लो क्षेत्रमा पनि चियाको बोटमा मुना पलाउन थालेको बताएका छन्।

केही माथिल्लो स्थान तथा इलाम बजार क्षेत्रमा भने भर्खरै चिया पलाउन सुरु भएको बताएका छन्। सन्दकपुर गाउँपालिकाको सुलुबुङ, माइजोगमाई गाउँ माथिल्लो क्षेत्रमा पनि चियाको बोटमा मुना पलाउन थालेका छन्।

तथ्याङ्कअनुसार हाल यहाँ एक करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख किलो अर्थोडक्स चिया उत्पादन हुने गरेको छ। १४ हजार ८९८ साना किसान चियाखेतीमा संलग्न रहेका छन्। इलाम लगायत पूर्वी क्षेत्रमा ११ हजार ५६९ हेक्टरमा चियाखेती भइरहेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु