शुक्रबार ४ जेष्ठ, २०८१ (Friday May 17, 2024)

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

सोमबार २७ असार, २०७९ Nepalexplores 1155


काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं । काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।  बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयलाई छलफलको एजेण्डा बनाइएको छ । 


काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले  स्थानीय तह निर्वाचन २०७९ को  समीक्षा आउँदो   प्रदेश  र प्रतिनिधि  सभाको   निर्वाचनको  रणनीतिका सन्दर्भमा पनि छलफल हुने बताएका छन् । बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ ।  आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो ।


भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी जनजाति महासंघले मान्यता पाउने भएका छन् । यो प्रस्ताव आजदेखि बस्ने बैठकमा प्रस्तुत गरिनेछ । बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान स्वीकृत गरी ती संस्थाहरुलाई भ्रातृ तथा शुभेच्छुक संस्थाको रुपमा अनुमति प्रदान गर्नेछ । अब काँग्रेसका भ्रातृ संस्थाको संख्या १३ बाट बढेर १५ पुग्नेछ भने शुभेच्छुक संस्थाको संख्या २७ पुग्नेछ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु