आईतवार १ चैत्र, २०८२ (Sunday March 15, 2026)

भोलिबाट सर्वोच्च अदालतमा ‘पेशी तारेख अटोमेशन सिस्टम’ सुरु हुने

आईतवार १० भाद्र, २०८० nepalexplores 1355


भोलिबाट सर्वोच्च अदालतमा  ‘पेशी तारेख अटोमेशन सिस्टम’ सुरु हुने

भदौ १०, २०८० ।

भोलिबाट सर्वोच्च अदालतमा  ‘पेशी तारेख अटोमेशन सिस्टम’ सुरु हुनेसर्वोच्च अदालतले भाद्र ११ गते (भोलि) देखि ‘पेशी तारेख अटोमेशन स्टिम’ लागू गर्ने भएको छ। नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय भित्र हुने अनियमिततालाई कम गर्न अटोमेसनमा जान लागेको जानकारी दिएका हुन्।

 उनले अदालत भित्र हुने अनियमितता हुनै नदिन पनि आफूले प्रविधिको प्रयोगमा जोड दिन लागेको बताए। प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरुको हस्तक्षेप हुन नदिने पनि आफूले सो अटोमेशन सिष्टमको शुरुवात गर्नुपरेको उल्लेख गरे। उनले प्रविधिकै माध्यामबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको बताए।

सर्वोच्च अदालत पछि काठमाडौं जिल्ला अदालतमा तत्काल सो सिस्टम लागू गर्ने प्रधानन्यायाधीश श्रेष्ठले योजना सुनाए। श्रेष्ठले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषद्बाट छानबिन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘न्यायपालिका भित्र भएका अनियमितताका कुराहरु। अब त्यो त न्यायपालिका भित्र हुनसक्ने, भएका, हुने अनियमितताका कुराहरुलाई हामीले एउटा विधि र प्रणालीबाट सम्बोधन गर्नुपर्छ। पेशी तारेख अटोमेशन शुभारम्भ। कि अब पेशी तारेख हुँदाखेरी कर्मचारीहरुले एउटा प्रविधिबाट मात्रै तोकिने, त्यसमा मानव हस्तक्षेप नहुने प्रविधि भोलिदेखि म शुभारम्भ गर्दैछु।’




मतहरू

Margarito

Terrific knowledge Thank you! casino en ligne You expressed it well! casino en ligne You said it perfectly.! casino en ligne Thanks. Very good information. casino en ligne Nicely put. Appreciate it. casino en ligne Amazing information, Thank you! casino en ligne Good facts, Thank you. casino en ligne Incredible all kinds of wonderful advice! casino en ligne Terrific information. Thank you. casino en ligne You actually suggested that perfectly! casino en ligne


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु