सोमबार १७ कार्तिक, २०८३ (Monday November 02, 2026)

आज सेयर बजार नेप्से परिसूचक २६५७ अंक कायम

सोमबार १७ कार्तिक, २०८३ nepalexplores 1005


आज सेयर बजार नेप्से परिसूचक २६५७ अंक कायम

१६ कात्तिक, काठमाडौं ।

आज सेयर बजार नेप्से परिसूचक २६५७ अंक कायम भएको छ ।

साताको पहिलो दिन सोमबार सेयर बजार ३२.६५ अंक घटेको छ । 

आज ७ अर्ब १८ करोडको सेयर कारोबार भएको छ ।

हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत, मकर जितुमाया सुरी हाइड्रोपावरको ८.७७ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ५.४७ प्रतिशत, एनआईसी एसिया बैंकको ३.०२ प्रतिशत र बटवल पावरको २.४८ प्रतिशत मूल्य बढ्यो ।

विकास बैंक सबैभन्दा धेरै १.८८ प्रतिशत, बैंकिङ १.०७ प्रतिशत, फाइनान्स १.५३ प्रतिशत, होटल तथा पर्यटन ०.६३ प्रतिशत, जलविद्युत् १.०८ प्रतिशत र लगानी १.४२ प्रतिशत घट्यो ।

जीवन बीमा १.४७ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.९० प्रतिशत, माइक्रोफाइनान्स १.१६ प्रतिशत, निर्जीवन बीमा १.७२ प्रतिशत, अन्य १.६१ प्रतिशत तथा व्यापार ०.८६ प्रतिशत घट्यो ।

झापा इनर्जीको मूल्य ४.११ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको४.०८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३.८३ प्रतिशत र माउन्ट एभरेस्ट पावरको ३.५६ प्रतिशत मूल्य घट्यो ।

 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु