बिहीबार १८ भाद्र, २०८३ (Thursday September 03, 2026)

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

बुधबार १५ चैत्र, २०७९ Nepal explores 1576


सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौं,चैत १५
प्रधानमन्त्री पुष्पकमल दाहाल निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बसेको हो ।

 

 

मंगलबार बेलुका बसेको बैठकमा प्रधानमन्त्री दाहालले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए । त्यो मस्यौदा माथि आजको बैठकमा नेताहरुले आ–आफ्ना राय सुझाव प्रस्तुत गर्ने तय भएको छ ।

 

त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने दलहरुको तयारी छ । न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने सक्ता साझेदार दलको एक नेता बताए ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु