मंगलवार १७ असार, २०८२
१७ असार, काठमाडौं ।
२०२५ को पहिलो ६ महिना (जनवरी–जुन) मा ५ लाख बढी पर्यटक नेपाल भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डको अनुसार २०२५ को पहिलो ६ महिना (जनवरी–जुन) मा ५ लाख ७७ हजार ६ सय ८९ पर्यटक नेपाल आएको जनाएको हो।नेपालमा मासिक पर्यटक आगमन औसत मासिक ९६ हजार २ सय ८१ जना रहेको उल्लेख गरेको छ।
जुन २०२५ मा भने ७६ हजार ४ सय २४ पर्यटक आएका छन्। यो महिनामा सबैभन्दा धेरै पर्यटक भारत बाट ३२ हजार ६ सय ६२ आएका छन्।दोस्रो नम्बरमा ९ हजार ९ सय ६९ रहेको छ। भने तेस्रो स्थानमा चिनियाँ नागरिक ६ हजार ७ सय ३६ ले नेपाल भ्रमण गरेका छन्।
त्यस बाहेक बंगलादेशी ५ हजार ४ सय ४९, बेलायती २ हजार २ सय ८४, अस्ट्रेलियाबाट १ हजार ८ सय ३१, मलेसियाबाट १ हजार ३ सय ४८, भुटान बाट १ हजार १ सय ६७, जापानबाट १ हजार १९ र फ्रान्सबाट १ हजार २ पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ।