मंगलवार १ कार्तिक, २०७९
काठमाण्डौ । नेपाल आदिवासी जनजाति महासंघ समाजवादी को संयुक्त घटक संघहरू द्वारा आयोजित तिहार, नेपाल संवत, छठ,उधौली, माघी र लोछार पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल तामाङ संघ समाजवादीका अध्यक्ष लाप्साङ पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल थिए । उक्त कार्यक्रम सम्बोधन गर्दै भुसालले आसन्न मंसिर ४ गते हुन गईरहेको प्रतिनीधि एवं प्रदेशसभा निर्वाचनमा सम्पूर्ण घटक संघहरूलाई आफ्नो पार्टीको कलम चिन्हमा मतदान गर्ने वातावरण बनाउन महत्वपुर्ण भुमिका निर्भाह गर्न निर्देशन गरेका छन् ।
यो विशिष्ठ परिस्थिति भएकाले गठबन्धनको मुल मर्म र भावनालाई आत्मसाथ गरेर अगाडी बढ्नुपर्ने उनको भनाई रहेको छ । आशन्न निर्वाचनलाई लक्षित गरेर नेपाल आदिवासी जनजाति महासंघ समाजवादीको संयुक्त घटक संघहरूबीचमा शुभकामना कार्यक्रम राखिएको संघका अध्यक्ष गंगा गुरुङले बताएका छन् ।