शनिबार १९ बैशाख, २०८३ (Saturday May 02, 2026)

नेपाल विश्वकप छनोटमा

बिहीबार २ चैत्र, २०७९ nepalexplores 1518


नेपाल विश्वकप छनोटमा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एक दिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।


जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो । यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ ।

जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु