शुक्रबार १९ भाद्र, २०८३ (Friday September 04, 2026)

भद्रपुर राजस्व कार्याले संकलन गर्यो तीन अर्ब बढी राजस्व

मंगलवार ५ जेष्ठ, २०८३ nepalexplores 1461


भद्रपुर राजस्व कार्याले संकलन गर्यो तीन अर्ब बढी राजस्व

५ जेठ, काठमाडौं।
आन्तरिक राजस्व कार्यालय भद्रपुरले तीन अर्ब बढी राजस्व संकलन गरेको छ। 

चालु आर्थिक वर्ष २०८२÷८३ को १० महिनामा कार्यालयले ३ अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व संकलन गरेको हो। 

आर्थिक वर्षको १० महिनामा तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत रहेको जनाएको छ।

चालु आर्थिक वर्षको वैशाख मसान्त सम्म ४ अर्ब ४० करोड १५ लाख ४० हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएको कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईले बताएका छन्। 

वैशाख महिनामा मात्र ४२ करोड ८५ लाख ६३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८३ दशमलव ८७ प्रतिशत मात्र संकलन भएको चम्लागाईले जानकारी दिएका छन्।

कार्यालयका तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाख महिना सम्ममा आयकर बाट १ अर्ब ६८ करोड ६८ लाख ६७ हजार, मूल्य अभिवृद्धि कर बाट १ अर्ब २८ करोड ८० लाख १० हजार तथा अन्तःशुल्क बाट ४९ करोड ९७ लाख ३२ हजार राजस्व संकलन भएको जनाएका छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु