बिहीबार २९ आश्विन, २०८३ (Thursday October 15, 2026)

भूमि प्रशासन कार्यालय तुलसीपुरबाट ५९ करोड बढी राजस्व सङ्कलन

शुक्रबार २२ श्रावण, २०८३ nepalexplores 1478


भूमि प्रशासन कार्यालय तुलसीपुरबाट ५९ करोड बढी राजस्व सङ्कलन

२२ साउन, काठमाडौं ।

भूमि प्रशासन कार्यालय तुलसीपुर बाट ५९ करोड बढी राजस्व सङ्कलन भएको छ ।

भूमि प्रशासन कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२, ८३ मा रु. ५९ करोड ३४ लाख १५ हजार राजस्व सङ्कलन गरेको हो । 

प्रशासन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख शान्तराज गौतमको हनुसार रजिस्ट्रेसन तथा सेवा दस्तुर बाट रु. ३७ करोड सात लाख २४ हजार र पुँजीगत लाभकरबाट रु. २२ करोड २६ लाख ९१ हजार सङ्कलन भएको जानकारी दिएका छन् ।

कार्यालयले आर्थिक वर्ष २०८१, ८२ मा रजिस्ट्रेसन तथा सेवा दस्तुर बाट रु.२५ करोड ६९ लाख ६१ हजार र पुँजीगत लाभकर बाट रु. १० करोड ४४ लाख ८२ हजार भएको छ ।

आर्थिक वर्ष २०८०, ८१ मा रु. १८ करोड ५९ लाख ६६ हजार रजिस्ट्रेसन तथा सेवा दस्तुर बाट रु.पाँच करोड ३१ लाख ५१ हजार र पुँजीगत लाभकर बाट सङ्कलन भएको छ ।

जेनजी आन्दोलनका क्रममा कार्यालयको भवन तथा कागजात जलेर पूर्ण रूपमा नष्ट भए पनि कार्यालयको सेवा प्रवाह नरोकिएकाले आव २०८२, ८३ मा राजस्व सङ्कलनमा सफल भएको कार्यालय प्रमुख गौतमले बताएका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु