बिहीबार १० बैशाख, २०८३ (Thursday April 23, 2026)

पोखरा महानगरपालिकाद्वारा अनुदानमा किसानलाई कृषि उपकरणको वितरण

बुधबार ८ चैत्र, २०७९ फिल्म ~ शाला टिभी 1463


पोखरा महानगरपालिकाद्वारा अनुदानमा किसानलाई कृषि उपकरणको वितरण

काठमाडौं, चेत्र ९
कास्कीको पोखरा महानगरपालिकाले अनुदानमा कृषकलाई कृषि उपकरण वितरण गरेको छ । किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारी दिएको छ ।

 

चालु आर्थिक वर्ष २०७९÷८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको हो । महानगरले हाते ट्र्याक्टर दुई सय ६१ थान, कम्बाइन मिल ६२ थान, थ्रेसर छ थान, ग्रास कटर एक सय आठ थान, पावर स्प्रे ३० थान, तेल पेल्ने मेसिन छ थान र ड्याङ बनाउने मेसिन २९ थान अनुदानमा उपलब्ध गराएको छ ।

 

परम्परागत रूपमा खेती लगाउँदा समय धेरै लाग्ने भएकोले ‘खेतीलाई सरल र सहज बनाउदै, कृषिमा यान्त्रीकरण, व्यावसायीकरण र बजारीकरण गर्न सहज बनाउदै कृषिमा उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले पोखरा महानगरको कृषि महाशाखाले २५ वडाका कृषकलाई मागका आधारमा ती उपकरण प्रदान गरेको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जानकारी दिए । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु