शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खुल्यो इन्धन डिपो

बिहीबार १९ असार, २०८२ nepalexplores 1595


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खुल्यो इन्धन डिपो

१९ असार, काठमाडौं ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो खुलेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ७५ करोडको लागतमा सञ्चालनमा आएको नेपाल आयल निगमले जनाएको छ। 

स्वदेशी प्रविधि प्रयोग गरी हवाई इन्धन डिपोले ३ वटा भण्डारण गृह, फायर फाइटिङ संरचना र अतिप्रज्वलनशील पदार्थको सुरक्षा व्यवस्था सहित आधुनिक प्रविधि प्रयोग गरेर डिपो सञ्चालनमा ल्याएको हो। विमानस्थलको उडान चापलाई मध्यनजर गर्दै डिपोले ३६०० किलोलिटर हवाई इन्धन भण्डारण गर्न सक्ने सक्षम निमार्ण भएको जनाएको छ।

निगमको अनुसार ५५ वर्षको इतिहासमा पहिलो पटक शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आधुनिक सुविधा सम्पन्न हवाई इन्धन डिपो निर्माण पूरा भएको जनाएको छ।

हवाई इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमा ९ हजार २ सय १५ वर्गमिटर क्षेत्रफलको जग्गा नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी निगमले उपयोग गर्दै आएको छ।

यस डिपोमा फायर फाइटिङ प्रयोजनका लागि २३० हर्सपावर क्षमताको दुइटा फायर फाइटिङ डिजेल पम्प, १५ हर्स पावर क्षमताको एउटा जक्की पम्प र ८ इन्चको पाइप जडित रहेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु