सोमबार ३० चैत्र, २०८२ (Monday April 13, 2026)

गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाका बन्ने निश्चित

मंगलवार २३ माघ, २०८० nepalexplores 1373


गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाका बन्ने निश्चित

२३ माघ, काठमाडौं ।

चितवनको भरतपुर महानगरपालिकामा रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले पैसा जुटाउन कठिन भएको भन्दै निर्माणको कामबाट हात झिके पछि ठप्प र्निमार्ण संरचना अब बन्ने पक्का भएको छ।

 

मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का आह्वान गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए। त्यस संगै अब बन्ने रंगशाला बागमती प्रदेश र भरतपुर महानगरपालिकाले बनाउनेछन्।

 

यस अघि रंगशाला निर्माणमा प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गर्ने सहमति भएको थियो। भरतपुर महानगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार प्रदेश सरकारले ५२ करोड ५० लाख रुपैयाँ र भरतपुर महानगरपालिकाले २२ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछन्।


बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले अघिल्लो आर्थिक वर्षमै सम्पन्न भएका आयोजनाहरुको ठेकेदार कम्पनीलाई भुक्तानी दिन बाँकी रकम पनि भुक्तानी दिने निर्णय गरेको छ। मुख्यमन्त्री जम्कटेलका अनुसार विशेष गरी भौतिक पूर्वाधारसँग सम्बन्धित आयोजनाहरुको करिब ४० करोड रुपैयाँ भुक्तानी दिने निर्णय भएको छ।

 

बैठकले आगामी आर्थिक वर्षका लागि संघीय सरकारको समपूरक र विशेष अनुदानका लागि १०–१० वटा आयोजना पनि सिफारिस गरेको छ। समपूरकतर्फ संघीय सरकार र प्रदेश सरकारको सहलगानी रहनेछ भने विशेष अनुदानका योजनामा संघीय सरकारको एकल लगानी रहनेछ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु