बिहीबार १८ असार, २०८३ (Thursday July 02, 2026)

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गर्न एसियाली फुटबल महासंघले दियो अनुमति

शुक्रबार २५ श्रावण, २०८१ nepalexplores 1401


दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गर्न एसियाली फुटबल महासंघले दियो अनुमति

२५ साउन, काठमाडौं ।
दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी) ले अनुमति दिएको छ।

रंशगालाले अन्तर्राष्ट्रिय मान्यता गुमाएसँगै राष्ट्रिय खेलकुद परिषदले रंशगालाको आफ्नै संरक्षण गर्न थालेको थियो। त्यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले रंगशाला संरक्षण गर्ने गरेको थियो।

यस अघि मापदण्डका पूरा गर्न नसकेको भन्दै एएफसीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल गर्न अनुमति दिएको थिएन। जसका कारण नेपालले घरेलु मैदानमा खेल्ने तय भएको विश्वकप छनोटका दुई खेल गुमाएको थियो। 

एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भने पछि गत चैत्र महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो।

एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरिक्षण तथा अवलोकन गरि मापदण्ड पूरा भएको प्रतिवेदन दिएको एन्फाले जनाकारी दिएको छ। 

दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै यही साउन २९ गते एएफसी च्याजेन्ज लिग छनोटको प्लेअप अन्तर्गत भुटानको पारो एफसी र  नेपालको चर्चब्वाईज युनाईटेड वीच खेल हुने भएको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु