बुधबार ७ आश्विन, २०८३ (Wednesday September 23, 2026)

खुकुलो मौद्रिक नीति अबलम्बन गर्न बैंक सञ्चालकको माग 

शुक्रबार २४ असार, २०७९ Nepalexplores 1482


खुकुलो मौद्रिक नीति अबलम्बन गर्न बैंक सञ्चालकको माग 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्ला दिनमा सार्वजनिक मञ्चहरुबाटै आगामी आर्थिक वर्ष २०७९ ८०को मौद्रिक नीति संकुचित आउने संकेत गरिरहेका छन् । तर, बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुले खुकुलो मौद्रिक नीतिको पक्षमा देखिएका छन् ।

गभर्नर अधिकारीले अर्थतन्त्रका संकटतर्फ संकत गरेर उनले घुमाउरो रुपमा कसिलो मौद्रिक नीतिको लागि तयार रहन सबैलाई सन्देश पनि दिइरहेकै छन् ।

 यही बेला बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले बिहीबार पत्रकार सम्मेलन गर्दै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढाउनुपर्नेसहित स्थानीय तहको सञ्चित कोषमा रहेको रकमलाई सतप्रतिशत निक्षेपमा गणना गर्न दिने व्यवस्था गर्नुपर्ने लगायत माग गरेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु