बुधबार ३० माघ, २०८१ (Wednesday February 12, 2025)

 २ न्यायाधीश बर्खास्त गर्न न्याय परिषद्को सिफारिश

सोमबार २ श्रावण, २०७९ Nepalexplores 1265


 २ न्यायाधीश बर्खास्त गर्न न्याय परिषद्को सिफारिश

काठमाडौं  ।  न्याय परिषद्ले थप दुईजना न्यायाधीशहरूलाई बर्खास्त गर्न सिफारिश गरेको छ । न्याय परिषद् सचिवालयको सोमवार बसेको बैठकले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्तगीका लागि सिफारिश गर्ने निर्णय गरेको हो ।


न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार दुवैजना न्यायाधीशहरूको खराब आचरण र कार्यक्षमता अभावका कारण पदमुक्त गर्नका लागि सर्वोच्च अदालतमा लेखी पठाउने निर्णय गरिएको हो।

निधि उच्च अदालत राजविराज इजलासमा हुँदा र शर्मा सिरहा जिल्ला अदालतमा हुँदा गरेका फैसलाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा उक्त निर्णय गरिएको कार्कीले बताए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु