बिहीबार ११ मंसिर, २०८३
१० मंसिर, काठमाडौं।
जुम्लाको गुठीचैर पर्यटकको रोजाइमा पर्दै गएको छ।
जुम्लाको गुठीचौर गाउँपालिका–२ मा रहेको गुठीचौर पछिल्लो समयमा आन्तरिक तथा वाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास भएको हो।
हिउँदको याममा चिसो भए पनि गुठीचौर अवलोकनका लागि आन्तरिक तथा बाह्य पार्यटक आउन थालेको स्थानीयले बताएका छन्।
पर्यटकीय सम्भावना बोकेको गुठीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको वडाध्यक्ष दीपबहादुर ऐडीले जानकारी दिएका छन्।
गुठीचौरमा विशेषरी सार्वजनिक बिदामा आन्तरिक पर्यटनको चाप बढ्ने गरेको स्थानीयले जानकारी दिएका छन्। भने स्थानीय वातावरणसँग रमाउने र मनोरम दृश्यावलोकनका लागि पर्यटन आकर्षित भएको वडाध्यक्ष ऐडीको बताएका छन्।
स्थानीय दीपक बोहोराको अनुसार स्थानीय सरकारले यसको प्रचारप्रसार गर्ने, पर्यटकीय गतिविधि सञ्चालन, पर्यटन प्रवद्र्धन लगायत गतिविधिलाई महत्त्व दिएको बताएका छन्।
सदरमुकाम खलङ्गा बाट त्यहाँसम्म पुग्नका लागि सडक विस्तार भएसँगै यसलाई थप स्तर वृद्धि गर्दै जाने योजना रहेको गुठीचौर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिएका छन्।
पर्यटकीय गतिविधि बढेपछि व्यापार–व्यवसायमा वृद्धि भएको तथा स्थानीयस्तरमा आर्थिक गतिविधि समेत बढ्दै गएको बताएका छन्।