बिहीबार ८ आश्विन, २०८३ (Thursday September 24, 2026)

सगरमाथा क्षेत्रमा पर्यटकको संख्या बृद्धि

शनिबार १० कार्तिक, २०८१ nepalexplores 1505


सगरमाथा क्षेत्रमा पर्यटकको संख्या बृद्धि

१० कात्तिक, काठमाडौं । 
विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटकको संख्या बढेको छ।

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको अनुसार एकै महिनामा झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेको बताएका छन्।

असोज महिनामा मात्रै आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका जनाएको छ। जसबाट निकुञ्जले दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ राजस्व सङ्कलन गरेको निकुञ्जले जनाएको छ। 

सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाडौँ र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टर मार्फत लुक्ला पुग्ने गर्छभने कतिपय काठमाडौंबाट सडकमार्गमार्फत सल्लेरी हुँदै लुक्ला पुग्ने गर्छन्। 

फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ ।सिजनमा दैनिक एक हजार जनाभन्दा बढी पर्यटक प्रवेश हुने सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ। 

सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु