शुक्रबार १९ भाद्र, २०८३ (Friday September 04, 2026)

ताप्लेजुङको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै 

मंगलवार ३ मंसिर, २०८२ nepalexplores 1410


ताप्लेजुङको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै 

२ मंसिर, काठमाडौं ।
ताप्लेजुङको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइ बन्दै गएको छ। 

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको फुङ्फुङ्गे झरना पर्यटकको आकर्षण बन्दै गएको हो।

पछिल्लो समय यातायातको सहज पहुँच पुग्न थालेसँगै फुङ्फुङ्गे झरनामा पर्यटकहरूको गतिविधि बढ्न थालेको छ।

झरना हेर्नका लागि देशका विभिन्न क्षेत्रबाट मानिस आउन थालेको र फुङ्फुङ्गे झरनालाई प्रचारप्रसार गर्नका लागि मिक्वाखोला गाउँपालिकासँगको सहकार्यमा गत वर्षदेखि फुङ्फुङ्गे झरना महोत्सवको आयोजना गर्दै आएको स्थानीयले बताएका छन्। 

आगामी दिनमा झरनाको अझ प्रभावकारी प्रचारप्रसार गर्नका लागि विभिन्न सामाजिक सञ्जालमार्फत भिडियो, फोटो प्रतियोगिता समेत गर्ने योजना रहेको जनाएको छ।

सङ्घ प्रदेश र स्थानीय सरकारले पर्यटन प्रवद्र्धनको योजना अन्तर्गत विभिन्न संरचना समेत निर्माणले पर्यटकको थप आकर्षण बढ्दै गएको जनाएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु