बिहीबार ८ आश्विन, २०८३ (Thursday September 24, 2026)

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या घट्यो

सोमबार ६ श्रावण, २०८२ nepalexplores 1597


चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या घट्यो

५ साउन, काठमाडौं । 
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या घटेको छ। चितवन राष्ट्रिय निकुञ्जको अनुसार गत वर्षको तुलनामा झण्डै २५ प्रतिशत पर्यटक घटेको जानकारी दिएको छ। गत आर्थिक वर्ष २०८१, ८२ मा ७५ हजार पाँच सय आठ जना निकुञ्ज घुम्ने पर्यटकको संख्यामा कमी आएको जनाएको हो।

२०८०, ८१ मा चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख ६ हजार आठ सय ३७ जनाले निकुञ्ज घुमेकामा ०८१,०८२ मा २ लाख ३१ हजार ३ सय २९ जना पर्यटक निकुञ्ज प्रवेश गरेको निकुञ्जका सूचना अधिकारीले जानकारी दिएका छन्।

अन्तरराष्ट्रिय विमानस्थलमा केही समय भएको रात्रीकालिन उडान बन्द, मुख्य सहरसँग चितवन जोड्ने सडकको अवस्था नराम्रो हुँदा चितवन आउने पर्यटकको संख्यामा कमि आएको रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष ध्रुव गिरीले बताएका छन्।

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, जलचरको अध्ययन, अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु