बुधबार २८ आश्विन, २०८३ (Wednesday October 14, 2026)

नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोड बजेट स्वीकृत

शुक्रबार २४ असार, २०७९ Nepalexplores 1678


नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोड बजेट स्वीकृत


काठमाडौं । नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोडको बजेट स्वीकृत भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताका लागि ६० करोडको बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका हुन् ।


यसअघि तीन पटक प्रतियोगिता सरेको थियो । प्रतियोगिताको मिति सरे पनि सरकारले बजेट घटाएको छैन ।  घिसिङले माग गरे वापतको बजेट स्वीकृत भएको बताए ।


‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरे पनि बजेट भने घटेको छैन । अर्थमन्त्रालयले प्रतियोगिताका लागि ६० करोडको बजेट स्वीकृत भएको छ,’ घिसिङले भने । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ । यसअघि जेठ २२ देखि २८ सम्म हुने तालिका रहेको थियो ।


घिसिङले अघिल्लो पटक स्थानीय चुनाव र विद्यालयको परीक्षाको विषयका कारण प्रतियोगिता सरे पनि अब प्रतियोगिता नसर्ने बताए । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु