बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

आर्मी र एपीएफ पुरुष फुटबलको स्वर्णका लागि भिड्ने

मंगलवार १ कार्तिक, २०७९ nepalexplores 1398


आर्मी र एपीएफ पुरुष फुटबलको स्वर्णका लागि भिड्ने

काठमाडौं । विभागीय टोली एपीएफ क्लब र अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छन् । पोखरा रंगशालामा मंगलबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ गोल अन्तरले हराउँदै एपीएफ फाइनल पुगेको हो ।


एपीएफको जितमा प्रदिप लामाले २ गोल गरे  ।  नविन लामा, विकु तामाङ र हरि कार्कीले १–१ गोल गरे । सुदूरपश्चिमका लागि कुवेर सिंहले १ गोल फर्काए  । आजै भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराउँदै फाइनल पुगेको हो ।


पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराउँदै आर्मी स्वर्ण नजिक पुगेको हो । आर्मीलाई जित दिलाउन सुदिल राईले निर्णायक गोल गरे । खेलको ५८ औं मिनेटमा सुदिलले निर्णायक गोल गरे ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु