बुधबार ८ जेष्ठ, २०८२ (Wednesday May 21, 2025)

कान्जिरोवा हिमाल  आरोहणका लागि तयार भएनन्  कम्पनी

सोमबार २ श्रावण, २०७९ Nepalexplores 1375


कान्जिरोवा हिमाल  आरोहणका लागि तयार भएनन्  कम्पनी

काठमाडौं  । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले काञ्जिरोवा हिमाल आरोहण गराउने उद्देश्यले आर्थिक वर्ष २०७८/७९ मा दुई पटक सूचना प्रकाशित ग¥यो । दुवै पटकको सूचनामा आरोहण गराउन इच्छुक कम्पनीको आवेदन परेन । 

आरोहण दलमार्फत अन्तर्राष्ट्रि यस्तर सम्म कर्णालीका हिमालको पहिचान गराउने उद्देश्यले मन्त्रालयले रु.६० लाख विनियोजन गरेको थियो । अन्ततः निःशुल्कः काञ्जिरोवा हिमाल चढ्न कुनै पनि पर्वतारोही कम्पनी तथा आरोहण दल तयार नहुँदा उक्त बजेट फिर्ता हुन पुग्यो । 


मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा पुनः यो कार्यक्रमलाई निरन्तरता दिएको छ । मन्त्रालयका सचिव मोहनदेव जोशीले एकातिर सगरमाथा लगायतका पूर्वतिरका हिमाल आरोहण गर्ने समय जुध्नु र अर्कातिर हिमाल आरोहणलाई सार्वजनिक खरिद ऐन अनुसार वस्तु या सेवा कुन मान्नेमा परामर्शदाता द्धिविधामा परेकाले काञ्जिरोवा हिमाल आरोहण गराउने प्रदेश सरकारको लक्ष्य पूरा हुन नसकेको बताए । 

हामीले सार्वजनिक सूचनामा सेवामूलक भनेर उल्लेख गर्‍यौँ, तर पर्वतारोहणसम्बन्धी कम्पनीले यसलाई वस्तुका रुपमा प्रस्ताव खरिद गर्नु हुँदोरहेछ, उनले भने, ‘काञ्जिरोवा हिमाल सगरमाथा जस्तो व्यावसायिक उडान भएको हिमालमा परेन, त्यहाँको जस्तो फोहर पनि जम्मा हुँदैन, त्यही भएर मन्त्रालयले वस्तु नभइ सेवाका रुपमा प्रस्ताव माग्यो, आरोहण कार्यक्रमलाई वस्तु मान्न सकेनौँ, जसले गर्दा प्रस्तावक आवेदनमै द्धिविधामा परे ।


डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–९ मा अवस्थित काञ्जिरोवा हिमाल छ हजार ८८३ मिटरमा उचाइँमा छ । काञ्जिरोवा हिमालमा अहिलेसम्म व्यावसायिक आरोहण भएको छैन । टेकिङ र पर्वतारोहणका लागि यो क्षेत्र निकै महत्वपूर्ण रहेपनि प्रचारप्रसारको अभावमा ओझेलमा छ । 

डोल्पामा समुद्री सतहबाट पाँच हजार मिटरभन्दा माथि बाह्रैमहिना हिउँले ढाकिने क्षेत्र पर्दछ । यहाँ छ हजार मिटर अग्ला धौलागिरी, चुरेन, पुँठा हिमचुली, माउन्ट पुथा हिमचुली, मुकोट हिमाल, डाँफे शैल, अरनिको चुलीलगायत पर्दछन् । काञ्जिरोवा हिमाल सन् १९५० को दशकमा बिट्रिस अन्वेषक जोन बेयर्ड टायसनले पत्ता लगाएको बताइन्छ । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु