शनिबार ६ बैशाख, २०८२ (Saturday April 19, 2025)

समानुपातिक निर्वाचनका लागि शुक्रबारबाट दल दर्ता गरिनेः निर्वाचन आयोग

बुधबार ८ भाद्र, २०७९ Nepalexplores 1297


समानुपातिक निर्वाचनका लागि शुक्रबारबाट दल दर्ता गरिनेः निर्वाचन आयोग


काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदन पेश गर्न आव्हान गरेको छ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दललाई निवेदन दिन आव्हान गरेको हो । 

निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सुचना अनुसार १० भदौ देखी १२ भदौ सम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ । आयोगका अनुसार समानुपातिक तर्फको निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।


आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आव्हान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।  




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु