बिहीबार १९ चैत्र, २०८२ (Thursday April 02, 2026)

भरत तालमा पर्यटकको घुइँचो बढेपछि निजी क्षेत्रको लगानीमा सुविधा थप

शनिबार २६ फाल्गुन, २०८० nepalexplores 1298


भरत तालमा पर्यटकको घुइँचो बढेपछि निजी क्षेत्रको लगानीमा सुविधा थप

२६ फागुन, काठमाडौं ।
मधेस प्रदेश अन्र्तगत पर्ने सर्लाही जिल्लाको बाग्मती नगरपालिकाले निर्माण गरेको भरत तालमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो बढ्न थालेको छ। निजि लगानीमा निर्माण भएको भरत तालमा २ वर्ष अघि बोटिङको मात्रै सुविधा रहेको थियो। भने अहिले जिपलाइन, वाटरसाइकल, स्काइ साइकलिङ, उँट र घोडामा चढेर तालको वरपर अवलोकन गर्ने र वृद्धवृद्धाहरूका तथा बालबालिकाहरूलाई मिनी रेल, सर्वसाधारणहरूका लागि फोटो खिच्न र भिडियो बनाउन क्यामरामेनको समेत व्यवस्था गरिएको छ। 


भरत ताल घुम्न आउनेहरु बोटसँगै तालमा स्काई साइकलिङ, वाटर बाइक, उँट, घोडा चढेर घुम्न सक्ने सुविधा थप भएपछि झनै रमाइलो भएको बताउने गर्छन्। ‘पहिला पहिला आउँदा यहाँ बोट मात्रै थियो, अहिले धेरै विकास भएको रहेछ। यहाँ आउँदा विदेशमा घुमेको जस्तो लाग्छ पर्यटक भन्छन्।  

 

वाग्मती नगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा चालु आर्थिक वर्षदेखि पर्यटकहरूका लागि एक दर्जनभन्दा धेरै सुविधाहरू थप गरेको छ। जसका कारण दैनिक हजारौँको सङ्ख्यामा ताल घुम्न आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लाग्ने गरेको छ। वरपरको भूभागसहित भरत ताल २२१ बिगाहा क्षेत्रफलमा फैलिएको छ। नेपाली तथा अङ्ग्रेजी नयाँ वर्ष, शनिवार र अन्य सार्वजनिक बिदाको दिन यहाँ पर्यटकहरूको भिड लाग्ने बोटिङ सञ्चालक सुशीलकुमार वाइवाले जानकारी दिए। 

 

उनले नगरपालिकासँग सम्झौता गरेर ८० प्रतिशत रकम कम्पनी र २० प्रतिशत रकम नगरपालिकाको खातामा जम्मा हुने गरी टिकट बिक्री भइरहेको बताएका छन्। तालमा बोटिङ चढ्दा ठुलो जहाजमा ५ सय सानो डुङ्गामा ३ सय रुपैयाँ शुल्क लाग्ने गर्दछ। भरत तालमा ५ वटा घोडा र एउटा उँट, एउटा मिनी रेल पनि सञ्चालनमा छ जसमा पर्यटकहरू चढेर घुम्ने, फोटो खिच्ने र भिडियो बनाउने गर्दछन्।  


पर्यटकहरूका लागि उँट सञ्चालन गर्दै आएका रामलक्ष्यण साहले उँट चढ्न बालबालिकाको लागि ५० र ठुलो व्यक्तिको लागि सय रुपैयाँ शुल्क लाग्ने बताएका छन्। उनले  शनिबार र बिदाको दिन थेग्नै नसक्ने गरी भिड लाग्ने गरेको बताए। मधेस प्रदेशको एक मात्रै मानव निर्मित भरत ताल आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि मुख्य आकर्षण केन्द्र बनेको छ भने वाग्मती नगरपालिकाको राजस्व सङ्कलनको मुख्य स्रोतसमेत भएको छ । 




मतहरू

jahne

jahne paolantonio


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु