बिहीबार १८ भाद्र, २०८३ (Thursday September 03, 2026)

नागरिकता विधेयक उपर छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक बस्दै

सोमबार १३ भाद्र, २०७९ Nepalexplores 1584


नागरिकता विधेयक उपर छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक मध्यान्ह १२ बजे समितिको बैठक कक्षमा बस्नेछ । 


राष्ट्रपति विद्या भण्डारीले संशोधन विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्देश आइतबार राष्ट्रिय सभाको बैठकमा प्रस्तुत गरिएको थियो ।  बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको थियो । संघीय संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष विधेयक पठाइएकोमा गत साउन २९ गते प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले सो विधेयक फिर्ता पठाएकी थिइन् ।


राष्ट्रियसभामा नेपाली कांग्रेसकी सचेतक अनिता देवकोटाले विधायन समितिमा राष्ट्रपतिले पठाएको सन्देश माथि मात्रै छलफल हुने बताइन् । विधेयक माथि संशोधन प्रस्ताव दर्ता नहुने र राष्ट्रपतिको सन्देश माथि मात्रै छलफल हुने भएकाले भदौ १६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट विधेयक पारित गरेर जाने हिसावले छलफल गरिने उनको भनाइ छ । उनले राष्ट्रपतिको सन्देश माथि मात्रै छलफल हुने भएकाले त्यसका लागि धेरै समय पनि नलाग्ने बताइन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु