शनिबार ३० श्रावण, २०८३ (Saturday August 15, 2026)

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

बिहीबार १६ जेष्ठ, २०८२ nepalexplores 1417


आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

१५ जेठ, काठमाडौं।
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ। नेपालमा पनि ७२ औं सगरमाथा दिवस विविध कार्यक्रम गरि  मनाइँदै छ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएको र  सगरमाथाको सफल आरोहण गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ।

सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिक नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा सफल आरोहण गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो।

पर्यटनमन्त्री पाण्डेले अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई भव्य रूपमा सम्पन्न गर्न सबै सरोकार भएका निकायसँग समन्वय र सहकार्य गरिएको साथै जेठ १५ गते गणतन्त्र दिवस र संसद्मा बजेट वक्तव्य पनि रहेकाले उपयुक्त कार्यक्रमसँग नजुध्नेगरी कार्यक्रम मिलाइएको जानकारी दिएका छन्। 

दिवसको अवसरमा कीर्तिमानी आरोहीहरूलाई सम्मान गरिनेछ र जलवायु परिवर्तन बाट हिमालमा परेको असरबारे छलफल हुने जनाएको छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु