शुक्रबार २९ श्रावण, २०८३ (Friday August 14, 2026)

आज ‘क्रिसमस डे’ विशेष कार्यक्रम गरि मनाइँदै

बुधबार १० पुष, २०८१ nepalexplores 1531


आज ‘क्रिसमस डे’ विशेष कार्यक्रम गरि मनाइँदै

१० पुस, काठमाडौं ।
आज ‘क्रसमस डे’ विशेष कार्यक्रम गरि मनाइँदै छ।

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झना स्वरुप आज ‘क्रिसमस डे’ मनाउँदैछन्। आज भन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। 

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उल्लेख छ। यस दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिएका छन्।

नेपाल ख्रिष्टियन महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने बताएका छन्।

‘क्रसमस डे’ को अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु