बिहीबार १८ भाद्र, २०८३ (Thursday September 03, 2026)

जापानमा हुने अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा बालेनसहित तीन मेयरहरु सहभागी हुने

सोमबार ४ भाद्र, २०८० nepalexplores 1427


जापानमा हुने अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा बालेनसहित तीन मेयरहरु सहभागी हुने

४ भदौ २०८०,काठमाडौँ ।

जापानमा हुने स्मार्ट शहरहरू सम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा नेपालका तीन नगर प्रमुख सहभगाी हुने भएका छन् । कार्यक्रमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र परशुराम नगरपालिका प्रमुख भरत जोशीलाई सहभागिताका लागि आमन्त्रण गरिएको हो ।  

उनीहरु सहभागी कार्यशालमा थिम्पु, नोम फेह, सिएम रीप, बट्टाम्बाङ, चण्डीगढ, नुसानतारा, मकासर, लुआङ प्राबाङ, कोटा किनाबालु, कुचिङ सिटी साउथ, पेनाङ, काठमाडौं, धनगढी, परशुराम, सेबु, दाभाओलगायत १८ सहरका प्रमुखलाई पनि सहभागी हुने छन् ।

संयुक्त राष्ट्र क्षेत्रीय अनुसन्धान केन्द्रद्वारा आयोजित उक्त जापानको नागोयामा २९ अगस्ट र १ सेप्टेम्बरमा हुने छ । प्रशिक्षण कार्यशालामा समावेशी, लचिलो, दिगो शहर र समुदाय निर्माणका लागि स्मार्ट शहरहरूसम्बन्धी छलफल हुनेछ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु