शनिबार २७ भाद्र, २०८३ (Saturday September 12, 2026)

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसुचि

आईतवार १२ असार, २०७९ Nepalexplores 1600


बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसुचि


काठमाण्डौ । बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।  आज बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताएका छन ।

प्रदेशसभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ वजे बस्दैछ ।


प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को तर्फबाट सरकारले प्रस्तुत गरेको आवको बजेटमाथि संशोधन गरियोस् भनी प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्य रामेश्वर फुँयालले जानकारी दिए ।

प्रदेश सरकारले आगामी आवका लागि कुल ७० अर्ब ९३ करोड अनुमानित बजेट सार्वजनिक गरेको छ । सार्वजनिक कूल बजेटमध्ये चालुतर्फ १९ अर्ब दुई करोड, पूँजीगततर्फ ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ दुई अर्ब बजेट विनियोजन गरिएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु