बिहीबार ७ असार, २०८१ (Thursday June 20, 2024)

सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रपतिको कदमबारे पनि छलफल हुने

बुधबार ५ आश्विन, २०७९ Nepalexplores 1239


सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रपतिको कदमबारे पनि छलफल हुने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नु पर्ने हो । सभामुखले २० भदौमा पठाएका थिए । तर मंगलबार मध्येरातसम्म पनि विधेयक प्रमाणीकरण भएन ।

बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे पनि छलफल हुने भनिएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु