बुधबार ३० माघ, २०८१ (Wednesday February 12, 2025)

पोखरा विमान दुर्घटनामा थप एक जनाको शव फेला

सोमबार २ माघ, २०७९ nepalexplores 1246


पोखरा विमान दुर्घटनामा थप एक जनाको शव फेला

काठमाण्डौ । यती एअरलाइन्स विमान दुर्घटनामा परेर बेपत्ता रहेका थप एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको जानकारी दिए ।

यो सँगै ७० जनाको शव फेला परेको छ । एसपी केसीले अज्ञात अवस्थामा रहेका २ जनाको भने भोलि मात्रै खोजी गरिने जानकारी दिए ।


‘त्यो खोंच दिउँसै पनि डेन्जर ठाउँ हो । राति नमिल्ने भएकाले भोलि बिहानैबाट खोजी गर्छौं’ उनले भने । एसपी केसीका अनुसार शव खोज्न आज ड्रोनको प्रयोग गरिएको थियो । भोलि बिहान ४ वटा ड्रोन सहित सम्भावित ठाउँहरुमा खोजी गरिने उनले बताए ।

४ जना चालक दल र ६८ जना यात्रु सहितको विमान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा आइतबार बिहान दुर्घटनामा परेको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु