बुधबार २८ आश्विन, २०८३ (Wednesday October 14, 2026)

बाँकेका किसानलाई धान भित्र्याउने चटारो

मंगलवार २७ आश्विन, २०८३ nepalexplores 1172


बाँकेका किसानलाई धान भित्र्याउने  चटारो

२७ असोज, काठमाडौं ।

बाँकेका किसानलाई धान भित्र्याउने चटारो भएको छ ।

दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई यति बेला वर्षभरि खाने धान भित्र्याउने चटारो भएको छ ।

किसानलाई खेत भरि पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउने दिन्छ कि दिन्न भन्ने पिरले भएको नेपालगन्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ध्रुव थापाले बताएका छन् ।

दसैँको टीका थाप्ने भन्दा पनि खेतको धान थन्क्याउने हतारोमा किसान रहेको थापाले बताएका छन् ।

विगतका वर्षमा प्रायः दसैँ सकिए पछि मात्र धान भित्र्याउने समय आउँथ्यो । तर, यसपालि दसैँ केही ढिला परेकाले धान पाक्ने र दसैँ मनाउने समय एकैपटक परेको छ । 

गाउँघरमा दसैँको उल्लास भन्दा पनि यस वर्ष खेतबारीको कामको हतारो बढी देखिएको राप्ती सोनारी–५ का किसान अशोक वलीले बताएका छन् ।

केही दिन अघि नै धान काट्ने तयारी गरे पनि वर्षाका कारण रोकिएकाले अहिले किसान अर्मपर्म गरी धान भित्र्याउन व्यस्त रहेको राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताएका छन् ।

कृषि ज्ञान केन्द्र बाँके सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले पाकेर स्याहार्ने बेला पानी पर्ने डरले किसानहरु धमाधम धान भित्र्याउने लागेको बताएका छन् ।

जिल्लामा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । भने यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी शर्माले जानकारी दिएका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु