शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

नारायणगढ–मुग्लिन सडकमा धमाधम पुल बन्दै

बिहीबार २७ बैशाख, २०८१ nepalexplores 1471


नारायणगढ–मुग्लिन सडकमा धमाधम पुल बन्दै

२७ बैशाख, काठमाडौं ।
नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्ने गरी धमाधम काम भइरहेको छ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) मा कार्यरत एक प्रतिनिधिले जानकारी दिए। मुग्लिन बजार नजिकैको खहरे, नाम्चे, कालीखोला र तुइन खोला पुलबाहेक अन्य पुल सञ्चालनमा आइसकेका छन्।

यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन् भने चार वटा निर्माणधीन छन्। निर्माण भइरहेका चार पुलमा तीन वटाको पहुँच सडक निर्माणको काम जारी छ। यी दुई पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको छ।

 विश्व बैंकको ऋण सहयोगमा ती पुल निर्माण गरिएका हुन्।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु